साझा नेटवर्क
रजिस्मा केसी, नयाँ दिल्ली ।
भर्खरै प्रथम अधिवेशन सकाएको नेपाल पत्रकार महासंघ भारत शाखा केन्द्रीय समितिले भारत भरि शाखा बिस्तार गर्ने पहिलो रणनीति अनुरुप बिभिन्न बिभागिय तथा उपशाखा संयोजकहरु नियुक्त गरेको छ ।
अधिवेशनपछि बसेको पहिलो कार्यकारिणी बैठकमा ब्यापक छलफलपछि भारत लाई उत्तर भारत,दक्षिण भारत, पुर्वी भारत र पश्चिमी भारत गरि चार भागमा बाँड्दै संयोजकहरु नियुक्त गरेको छ । दक्षिण भारत र पुर्बी भारतको संयोजक लोकेश शाह “आर्यन” नियुक्त हुनुभएको छ भने पश्चिमी भारतको संयोजक देबेन्द्र कुँवर नियुक्त हुनुभएको छ ।
त्यस्तै उत्तर भारतको संयोजकको रुपमा हिम शिखर बि क नियुक्त हुनुभएको छ । केन्द्रले आगामी छ महिना भित्र पश्चिमी र उत्तर भारत मा शाखा गठन गर्ने उच्चस्तरीय रणनीति बनाएको छ । त्यसैगरि संस्कृति तथा खेलकूद संयोजकको रुपमा बाबु रोका मगरलाई नियुक्त गरेको छ । सहमतिय आधारमा भारत प्रवक्ताको रुपमा देबेन्द्र केसीलाई नियुक्त गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रको बिधान सम्मत रहेर भारतको भौगोलिक बनावट , भारतीय संविधान र भारतीय संस्कृति रहनसहन लाई मध्यनजर राख्दै भारत शाखा केन्द्रीय समितिको बिधान जारी गर्ने जिम्मा गोबिन्द पोख्रेल पोख्रेल को संयोजकत्वमा चार सदस्यीय टिमलाई दिएको छ । टिममा ईन्द्रकमल जैरु, देबेन्द्र केसी, अर्जुन खनाल र बाबु रोका मगर रहेका छन ।
महासंघ कै तिस हजारी स्थित कार्यालय मा सम्पन्न बैठकको अध्यक्षता लोकेश शाह “आर्यन ” ले गर्नुभएको थियो भने सञ्चालन गोबिन्द पोख्रेल ले गर्नुभएको थियो। बैठकमा सामेल पत्रकार हरुले अधिवेसन समिक्षा र आगामी रणनीति को बारेमा आफ्ना भनाईहरु राखेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend