logo
  • शनिबार, भाद्र २० २०८३

कतार नेपाली एकता समाजले वृहत वनभोज कार्यक्रम गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर, कतार ।
कतार नेपाली एकता समाजले सम्पूर्ण श्रमिक महिलाहरु एक हौं समान अधिकारको लागि सघर्ष गरौं भन्ने मूल नाराका साथ आगामी ३ मार्च २०१७ का दिन वृहत वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । महिला विभागका अध्यक्ष अमिना खानले भन्नु भयो रुसमा समाजवादी व्यवस्थाको स्थापना भई सकेपछि मजदूर किसान महिलाको विद्दमान भेदभावमुलक अवस्थामा आमुल परिवर्तन भई उनीहरुलाई पुर्ण स्वतन्त्रता र समानता प्रदान गर्नमा ठूलो योगदान पुग्यो ।

महिलाको आधारभूत समस्याको समाधान र उनीहरुको उन्नती समाजवादी व्यवस्थामा मात्र सम्भव भयो महिलाले जीवनका हरेक क्षेत्रमा पुरुष सरह समानता र स्वतन्त्रका प्राप्त गरेपछि रुसी महिलाको जीवनमा ठूलो परिवर्तन आयो र उनीहरुले जीवनका धेरै क्षेत्रमा विकास गरे । जव रुसमा समाजवादी व्यवस्था स्थापना भयो पूँजीवादी रुसबाट महिलालाई हीन र लाचार दुःखी बनाउने गरी निर्माण गरिएका सम्पूर्ण असमान कानुनहरुको अन्त गरियो र महिला र पुरुषको बीचमा पुर्ण समानता कायम गर्ने कानुनहरु निर्माण गरियो ।

देवानी कानुनमा पारिवारिक कानुन जसले परिवारमा महिलाको स्थिती निधारर्ण गर्दछ, विवाह र सम्बन्ध विच्छेदसम्बन्धी कानुनहरु लगाएतका सम्पूर्ण कानुनमा भएका विद्दमान अन्यायपुर्ण व्यवस्थाहरुको पूर्णरुपमा अन्त्य गरियो । उक्त समान कानुन निर्माण सम्बन्धी व्यवस्थाका बारेमा लेलिनले १९१९ को गैर पार्टी मेहेनतकस महिला सम्मेलनमा भनेका छन् निःसन्देह कानुन मात्र काफी छैन ।

हामी कुनै पनि हालतमा उपयुक्त कानुनी निर्देशन जारी गरेर मात्र सन्तुष्टि छैनौं तर कानुनको क्षेत्रमा महिलालाई पुरुष बराबर बनाउनको लागि हामी महिला दिदी बहिनीहरुको पनि त्यतिकै जम्मेवारी भएको हुनाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन गइरहेको वताउनु भएको छ थप भन्नु भयो प्रवासमा रोजगारमा रहेका सम्पूर्ण महिला दिदी बहिनीहरुलाई यस वनभोज कार्यक्रममा उपस्थित भईदिन हार्दिक आहन गर्नु भयो ।


मिति : ०३ मार्च २०१७
स्थान:  समाल पब्लिक गार्डेन
समय : विहान १० वजे

सम्पर्क ,

सनैया– खिम बूढा मगर ७७४३६५१
धन बहादुर परियार ५५७८९७२६
सहलिया– लक्ष्मण कोईराला ३३०१०३६२
अलखोर– रामप्रसाद पराजुली ५५८९८४२७
दोहा –विष्णु थापा ५५८९७०५८ अमिना खान –७७४६९५३१
व्क्रा – सत्य बहादुर पुन ६६७०९८७०

आयोजक
कतार नेपाली एकता समाज, महिला विभाग

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend