साझा नेटवर्क
अनिल खत्री गुल्मी माघ २३ ।
गुल्मीको हस्तिचौरमा आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाको हस्तिचौरमा रहेको हिमालय उच्च माबिलाई प्राबिधिक कक्ष सहित क्याम्पस सञ्चालन गर्ने उदेश्यले माघ २५ गतेबाट फाल्गुन २ गते सम्म सम्पन्न हुनलागेको धार्मिक तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरण पुगेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिए ।
गुल्मी जालपा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को आयोजनामा सम्पन्न हुने महोत्सवको मंगलवार माघ २५ गते नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले उदघाटन गर्ने भएका छन् हस्तिचौर र यस आसपासका ग्रामिण क्षेत्रबासी बिपन्न पारिक पृष्ठभूमि भएका बालबालिकाहरुको समेत प्राबिधिक शिक्षाका साथै उच्च शिक्षामा पहुच पु¥याउने उदेश्यले शैक्षिक तथा धार्मिक महोत्वमा हुनलागेको हो ।
शैक्षिक तथा धार्मिक महोत्सव सम्पन्न गर्न झण्डै ४० उपसमितिहरु गठन भएको अध्यक्ष कुवँरले जानकारी दिनुभयो । महोत्सवमा अन्तराष्ट्रिय कथा बाचक श्रद्धेय श्री गोबिन्द शरणज्यू महाराज ज्यूको प्रमुख वाचकत्व सथै सुखमय जीवन जीउने कलाका सरल तरिका रहस्याहरु एबं अर्थपूर्ण सारगर्भिक प्रवचन गर्नुहुने साथै मधुवाणीकी धनी पुज्यदिदि मिरादेवी ज्यूको समुपस्थितिमा दिव्य प्रवचनहरु सहित संञ्चालन हुने आयोजकले जनाएको छ ।
ज्ञान महायज्ञमा दाताहरुबाट प्राप्त दानराशीले जनताहरुद्धारा अपेक्षित प्राबिधिक र जिल्लाकै नुमना शैक्षिक संस्था निर्माण तथा क्याम्पस सञ्चालन गरिने बिद्यालयलको उदेश्य रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend