logo
  • शनिबार, साउन ३० २०८३

राष्ट्रिय युवा अभियान गुल्मीको अध्यक्षमा बोहोरा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी माघ २३ ।
राष्ट्रिय युवा अभियान गुल्मीको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । नयाँ शक्ती पार्टी नेपाल भात्री संगठनको रुपमा रहेको राष्ट्रिय युवा अभियान गुल्मीले सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच बावुराम बोहोराको अध्यक्षतामा ५१ सदस्यि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा प्रकाश सुर्वणकार, भुवन मल्ल, लाल बहादुर पुन, सचिव इन्द्रजित नेपाली, सहसचिवमा जमुना गौतम र मायाँ नेपाली लगायत रहेका छन् ।
अधिबेशनमा नयाँ शक्ती पार्टी नेपालका केन्द्रिय अनुगमन बिभाग प्रमुख बामदेभ क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ५ नम्बर प्रदेस राज्य सहसंयोजक यमुना भुसाल, जिल्ला पार्टी संयोजक पुनाराम ज्ञवाली, ५ नम्बर प्रदेस युवा सहसंयोजक पंकज राई, ५ नम्बर बिद्यार्थी संयोजक हिक्मत बिक, बिद्यार्थी केन्द्रिय सदस्य बिमल पन्थी, रुपन्देही काठमाडौं सम्पर्क सदस्य गोकर्ण कुवँर लगायतको नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना मनतब्य राखेका थिए ।
राष्ट्रिय युवा अभियान गुल्मीका उपाध्यक्ष प्रकाश सुर्वणकारको स्वागत मनतब्य रहेको कार्यक्रमको सञ्चालन नयाँ शक्ती पार्टी नेपालका सचिवालय संयोजक जनक पन्थको सञ्चालन रहेको थियो ।

नयाँ शक्ती पार्टी नेपालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको लागी गुल्मीमा हस्ताक्षर अभियान सुरु गरेको छ । अभियानको नयाँ शक्ती पार्टी नेपालका केन्द्रिय अनुगमन बिभाग प्रमुख बामदेभ क्षेत्रीले शुरु गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend