साझा नेटवर्क
महेश कार्की, कतार ।
“प्रवासमा नेपाली कलाकारहरु एक हौऔ,नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका आधा दर्जन राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । एभरेष्ट युथ यसोसियसन कतारले आयोजना गरेको साँगितिक कार्यक्रमका लागि कतार आएका कलाकारहरुलाई फिल्मसले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
कतारको नेपाली आगमन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापति तथा प्रमुख सल्लाहकार माया के.सी.प्रमुख अतिथि रहेका थिए । कतार व्यवसायी तथा समाज सेवी,विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि र नेपालबाट आएका कलाकार अतिथि रहेका थिए । साथै गित संगीत र कलाकारहरुलाई माया गर्नेहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उक्त सम्मान कार्यक्रम स्थाका व्यवस्थापक सरद पाण्डेको स्वागत मन्तव्य संगै अघि बढेको थियो । सांगीतिक कार्यक्रमको सिलसिलामा कतार प्रवेश गर्ने हरेक कलाकारहरुलाई समान रुपले सम्मान गर्दै आएको फिल्मसले यस पटक पनि नेपाल एभरेष्ट युथ यसोसियसनको सास्कृतिक कार्यक्रमका लागि कतार आई पुगेका तीन जना राष्ट्रिय कलाकारलाई सम्मान गरेको छ ।
राष्ट्रिय कलाकार पप तथा आधुनिक गायक कमल खत्री, नायिका बेनिशा हमाल लोक दोहोरी गायिका बन्दना पाण्डे सम्मानित भएका छ्न । सम्मान कार्यक्रममा आफ्नो दुई बर्षको कतारको बसाईलाई बिट मार्दै कर्म भुमि प्रस्थान गर्न लागेकी बसन्त फिल्मस् प्रा.ली. कि केन्द्रिय सदस्य तथा लोक दोहोरी गायिका सुस्मा पुन मगरलाई पनि स-सम्मान बिदाई गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend