logo
  • शनिबार, भाद्र २० २०८३

मिलन व्यावसायीक कृषि सहकारीको छैठौं साधारणसभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कमल पौडेल, बागलुङ माघ २२ ।
मिलन व्यावसायीक कृषि सहकारी संस्था लिमिटेड दगातुन्डाडा ७, खर्वाङ, बागलुङको छैठौं वार्षिक साधारण सभा सनिवार खर्वाङमा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै एकिकृत सेवा केन्द्र वुतिर्वाङका प्रमुख जनक थापाले सहकारी साधारण व्याक्तिको पहुँचमा हुने भएकोले वित्तिय सहजता वृद्धि हुने वताउनु भएको छ। थापाले कृषि सहकारीले कृषकहरुको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गर्न सक्ने भन्दै सहकारीको प्रगतिको कामना गर्नु भएको छ ।
कार्यक्रममा सहकारीका सल्लाहकार तथा सञ्चार सहकारी संघ बागलुङका उपाध्यक्ष विष्णु भुसालले मिलन व्यावसायीक कृषि सहकारीले स्थापनाको छोटो समयमै केहि गर्न खोजेको भन्दै प्रोत्साहन र सहयोगको खाँचो रहेको औल्याउनु भएको छ । सभामा नेपाली काग्रेसका गन वहादुर श्रीस, नेकपा एमाले दगाका अध्यक्ष रेम वहादुर भुजेल, राष्ट्रिय जनमोर्चाका अनिल गिरि, त्रिभुवन मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी, स्वास्थ्य चौकी तुम्डाडाका प्रमुख यान वहादुर श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष दिन वहादुर केसिले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष वावुराम जिसिले आर्थिक वर्ष २०७२/७३ को ७० लाख वढिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा व्यावसायीक भैंसिपालन तथा नगदेवाली उत्पादनमा उत्कृष्ट दगातुन्डाडा ६ का कृषक लोक नारायण पौडेल, व्यावसायीक गाईपालन तथा फलफूल उत्पादनमा उत्कृष्ट कृषक दगातुन्डाडा ६ कै गोविन्द वहादुर अधिकारी, व्यावसायीक कुखुरा पालन तथा तरकारी उत्पादनमा उत्कृष्ट कृषक दगातुन्डाडा ५ का रुद्र वहादुर पुन, व्यावसायीक ताजा तरकारी उत्पादनमा उत्कृष्ट कृषक दगातुन्डाडा ८ का प्रेम अर्याल, व्यावसायीक बाख्रा पालनमा उत्कृष्ट कृषक दगातुन्डाडा ९ का भक्त वहादुर वलामी, व्यावसायीक माहुरी पालनमा उत्कृष्ट कृषक दगातुन्डाडा ८ का तिलामणी पौडेललाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।
सहकारीले हरेक वर्ष साधारण सभाको अवसर पारेर सहकारी मार्फत व्यावसाय संचालन गर्दै आएका कृषकहरुलाई सम्मान गर्दै आएको छ । कार्यक्रम अध्यक्ष दिन वहादुर केसिको अध्यक्षता, उपाध्यक्ष खगिश्वर अर्यालयको स्वागत मन्तव्य, सहसचिव लक्ष्मण वरालको समूहको स्वागत गित तथा सचिव जिव वहादुर थापाको संचालनमा सम्पन्न भएको थियो । २०६८ सालमा स्थापना भएको सहकारीमा ५ सय ३७ जना शेयर सदस्य र ३० लाख ३७ हजार ५ सय शेयर पुँजी रहको छ। सहकारीले उत्कृष्ट रुपमा कार्यगर्ने किसानहरुलाई सहुलियत दरमा ऋण समेत प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend