logo
  • शनिबार, भाद्र २० २०८३

पर्वत सेवा समाज युएईद्धारा मृगौला पीडित बि.क.लाई ८० हजार सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

लालबहादुर ढेंगा, युएई माघ २२।
पर्वत सेवा समाज युएईले कुश्मा नगरपालिका वार्ड नं.१६, चनौटे, पर्वत जिल्ला निवासी दुईवटै मृगौलाबाट पीडित देवीराम बि.क. (रामभक्त) लाई ८० हजार रुपैयां आर्थिक सहयोग गरेको छ । गत शुक्रबारका दिन दुबईको सिराज लस्सी रेष्टुरेण्टमा सो रकम दुईवटै मृगौला प्रत्यारोपरण गर्नका लागि सहयोग गरेको हो ।
विगत ६ महिनादेखि काठमाण्डौंको शिक्षण अस्पतालमा उपचार चलिरहेको छ । दुईवटै मृगौला प्रत्यारोपरण गर्नुका लागि पूरा खर्च ८ लाख लाग्ने अस्पतालले जनाएको छ ।पीडितको आर्थिक स्थिति धेरै कमजोर भएपछि समाजलाई आर्थिक सहयोगको अपील गरेको थियो । उनका परिवारमा बाबा, आमा, श्रीमती र एउटा छोरा समेत रहेका छन् । उक्त रकम सोही समाजका सचिव कमल लामिछानेको संयोजकत्व र दुबई क्षेत्रीय समितिका अध्यक्ष तिलक सापकोटाको सह–संयोजकत्वमा संकलन गरेको हो ।

संकलित भएको रकम संयोजक तथा सह–संयोजकले अध्यक्ष राजेन्द्र अधिकारीलाई हस्तान्तरण गरेको छ भने अध्यक्षले नेपालमा बिदामा रहेको प्रथम उपाध्यक्ष पर्शुराम पौडेललाई पठाउने र उपाध्यक्ष पौडेलद्धारा पीडितलाई हस्तान्तरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिएको छ । समाजका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षता र उपाध्यक्ष रामप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रमलाई महासचिव सरोज जिसीले संचालन गरेका थिए ।

सन् २०१३ मा पर्वतेवासीहरुको पहलमा स्थापना भएको पर्वत सेवा समाज युएईले स्थापना भएको ४ बर्षको अवधिमा लगभग ३० लाख रुपैयां उद्धार कार्यमा सहयोग गरेको छ । उद्धार कार्यका साथ नेपाली विभिन्न चाड पर्वलाई पनि मनाउंदै अन्य संघ संस्थाहरु संग सहकार्य गर्दै सामाजिक कार्यमा अगाडि बढ्दै छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend