साझा नेटवर्क
सन्तोष ढुंगाना, भक्तपुर माघ २२ ।
के तपाई एकै छिन् मा आफ्नो अन्धकारमय जिन्दगीलाई स्वर्गको आभासमा परिणत् गर्न चाहानुहुन्छ रु यदि तपाई उपत्यका परिसरमा बसोबास गर्नुहुन्छ भने तपाईले जाने पर्ने ठाउँ हो। भक्तपुरको नगरकोट काठमाडौं उपत्यका नाजिकको प्रसिद्ध पर्यटकीय स्थल हो नगरकोट । यो स्थान काठमाण्डौ बाट २३ किलोमिटर उत्तर(पुर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पुर्वमा अबस्थित रहेको छ ।
यो समुन्द्री सतह देखी २ हजार ७५ मिटर उचाईमा रहेको छ । नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनोमोहक हिमालयका चुचुराहरु साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमान्चक द्रश्य देखन् सकिन्छ । यहाँबाट अन्य हिमालका चुचुराहरुमा धौलागारी हिमश्रृंखलादेखी कन्चनजङ्घा हिमश्रृंखलासम्मको मनास्लु, गणेश हिमाल,लाम्टाङ्ग हिमाल, गौरीशंकर,चावु, ल्वोसे,मकालु, नेम्वुल ,इत्यादि पर्दछन् ।
नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावालोकन र सूर्योदय अस्तको दृष्यावालोकनको लागि पनि विशेष प्रसिद्ध रहेको छ । आफ्नो व्यस्त तथा कोहलपूर्ण जीवनलाई थाती राख्दै केहि समय प्राकृतिसंग भलाकुसारी गर्न नगरकोट आउने गर्दछन । तेसैले गर्दा पनि रिसोर्ट व्यावसाय पनि प्रसिद्ध छ । उच्च पहाडी भेगमा पर्ने भएकाले नगरकोट चारैतिर बाट बनले घेरिएर रहेको छ । लोप हुन लागेको नेपालको बन हरियो धनू भन्ने लोकोक्ति यहाँ सार्थक भएको पाइन्छ।
यहाँ जरिबुटी खेति प्रचुर सम्भावना रहेको छ। साथै वरपर रहेको बाल्वन भन्ने जंगलमा अनेक बोटबिरुवा र जीवजन्तु बसोवास गर्छ्न । यो वन जंगलले काठमाडौं उपत्यकाको लागी केहि मात्रामा जलाधारको पनि काम गरेको छ । यस स्थानलाई वैज्ञानिक खोजको लागि प्रयोग गर्न सकिने सम्भावना धेरै छ । 
मोटर यात्रा को लागि नगरकोट बस अथवा मोटरसाइकलबाट नि यात्रा गर्न सकिन्छ, नगरकोट काठमाडौंबाट ३२ किलोमिटर दुरीमा र भक्तपुरबाट २० किलोमिटरको दुरीमा रहेको छ । भक्तपुर बाट नगरकोटको लागि पनि छोटो(छोटो समयमा पनि बुसहरु छुट्टि रहेका हुन्छन्।
साइकलबाट नि केहि पर्यटकहरुले यात्रा गरिरहेका हुन्छन् ।भने पदयात्राकोलागि भक्तपुर(चांगुनारायण(नगरकोट मार्ग, सुन्दरीजल(साँखु (नगरकोट मार्ग, खरिपाटी ( तेलकोट( नगरकोट मार्गबाट पद यात्रा गर्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend