logo
  • शनिबार, असोज १० २०८३

प्रेस चौतारीको स्थापना दिवसमा सुस्त श्रवण भएकी राधाले केक काटिन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल गुल्मी,माघ २२।
प्रेस चौतारी नेपाल गुल्मीले १९ औ स्थापना दिवस उपल्लो तम्घास माविका सुस्त श्रवण भएका र सुस्त मनस्थिती भएका बालबालिका संगै मनाएको छ । दिवसको कक्षा ५ अध्ययनरत सुस्त श्रवण भएकी दलित बालिका राधा विकले केक काटेर उद्घाटन गरेकी छन् । साथै कक्षा ४ मा अध्ययनरत वालक प्रितम पोखरेलले पनि राधालाई उद्घाटनमा सहयोग पु¥याएका थिए ।उनीहरुसंगको कार्यक्रमले त्यस्ता बालबालिकालाई थप उत्प्रेरण जगाउने र पत्रकारहरु पनि आफुहरुको पक्षमा रहेको भावना पैदा उदेश्यले यो कार्यक्रम तय गरिएको प्रेस चौतारी गुल्मीले जनाएको छ । दिवसको पुर्व सन्ध्यामा शुक्रबार सदरमुकाम तम्घासमा सम्पन्न प्रेस चौतारीको बैठकले स्थापना दिवस उपल्लो तम्घासमा मनाउने निर्णय गरेको थियो । कार्यक्रमलाई संबोधन गर्दै प्रेस चौतारीका केन्द्रिय सदस्य घनश्याम गौतमले यस बिद्यालयका बालबालिकाको पक्षमा थुप्रै समाचार लेख्ने पत्रकारहरु आज उनीहरु संगै कार्यक्रम गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उपल्लो तम्घास माविमा अध्ययनरत ३२ जना बालबालिकालाईदिवसकै अवसरमा शैक्षिक सामाग्री पनि वितरण गरिएको छ ।शाखाका जिल्ला अध्यक्ष शिवलाल सुवेदीको अध्यक्षता रहेका कार्यक्रममा चौतारीका केन्द्रिय सदस्य घनश्याम गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश सदस्य ज्ञान बहादुर महतारा, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य जर्नादन घिमिरे, उपल्लो तम्घास माविका राम बहादुर बस्नेत, दोभासे श्रोत शिक्षक ज्ञानेन्द्र मरासिनी, पत्रकार महासंघको केन्द्रिय पार्षद सञ्जिवनी अर्याल तथा संस्था पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन प्रेस चौतारी गुल्मीका सचिव नारायण प्रभात मरासिनीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend