logo
  • शनिबार, असोज १० २०८३

गुल्मी जालापा हस्तिचौर शैक्षिक महोत्सवको उद्घाटन गगन थापाले गर्ने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

संगिता कुवँर ।
यहि माघ २५ गतेदेखि फाल्गुण २ गतेसम्म गुल्मीको हस्तिचौरमा सुरु हुन लागेको ‘गुल्मी जालपा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सवको’उद्घाटन नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले गर्ने भएका छन् । शैक्षिक महोत्सव आउन केहि दिन बाकी रहँदा तयारी तिव्र पारिएको छ ।
महोत्सव सफल बनाउन गठन गरिएका बिभिन्न समुहले रकम संकलनको काम गरिरहेको मुल समारोह समितिका सचिव मोहन खत्रीले जानकारी दिए । महोत्सव आउन केहिदिन बाकी रहदा भक्तजन स्वागत तथा महोत्सव तयारीको कामलाई पनि तिब्रता दिईएको छ ।

शिक्षाको मन्दिर बिधालय बनाउने यो अभियानमा सबैले सहयोग गरिदिन मुल आयोजक समितीका अध्यक्ष शेरबह्दुर कुवँरले अपिल गरेका छन् । महोत्सव बाट संकलित रकमबाट विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन तथा स्नातक कक्षा स्थापनाको लागि खर्च गरिने अयोजकले बताएको छ । हस्तिचौरसँगै छिमेकी गाविसहरु, सदरमुकाम तम्घास लगायतका विभिन्न गाविसमा रकम संकलन अभियान चलिरहेकोछ ।

कुन पार्टिको कुन नेता आउने र नआउने भन्दा पनि हस्तिचौर बासीको ईज्जत संग गासिँएको यो अभियानमा सबैले साथ दिन पुर्व बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ कुवँरले बताउनुभयो । हस्तिचौरबासीको ठुलो अबसरका रुपमा लिई बिधालय बनाउन सहयोगको लागी अपिल पनि गरेका छन् । महोत्सव आउन ३ दिन बाकीँ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend