साझा नेटवर्क
गँगा खड्का, गुल्मी माघ २१ ।
भारती नि मा वि रेमी, शान्तिपुर गुल्मीको ५७औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । विद्यालयको वार्षिक उत्सव कार्यक्रमको समारोहलाई सम्बोधन गर्दै श्रोत व्यक्ति तथा कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रसाद गैरेले निरन्तर रुपमा विद्यालयले ५७ वर्ष पुरा गर्न सफल भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
उनले अवका दिनमा विद्यालयले अझ रचनात्मक काम गर्दे जाने कुरामा विश्वास रहेको बताए । त्यस्तै,कार्यक्रमका विशेष अतिथी तथा चन्द्रकोट क्याम्पसका प्रमुख हिम बहादुर क्षेत्रीले विद्यालयलाई नगद रु एक लाख रुपैयांको चेक हस्तान्तरण गरेका थिए ।
तुल्सीलाल स्मृति प्रतिष्ठानका सचिव समेत रहेका क्षेत्रीले विद्यालयको विकासका लागी आफुले नगद सहयोग गरेको बताए । उनले लामो संघर्ष र विभिन्न आरोह अवरोह पार गर्दे विद्यालयले ५७ वर्ष पार गरेको सुखद उपलक्ष्यमा शुभकामना दिदै आगामी दिनमा विद्यालयको विकासमा आफ्नो सहयोग सदैव रहने बताए ।
कार्यक्रममा सहभागी विशेष अतिथी तथा स्वर्गीय जिवराज आश्रितका छोरा डा. सागर न्यौपानेले गुल्मीको विकास र प्रगतीमा आफ्नो साथ सदैव रहिरहने बताए । न्यौपानेले जिल्लावासीको समस्या र पिडालाई आत्मसाथ गर्दै गृह जिल्ला वाटै स्वास्थ्य सीविर सञ्चालन गर्ने बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend