साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी माघ २१।
ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालय वामी शाखाले वामीमा रहेका दुइ शैक्षिक संस्थाहरुमा आध्यात्मिक जागरण कार्यक्रम सम्पन्न गरेको छ । देशका धेरै क्षेत्रहरुमा नैतिक शिक्षा सम्बन्धी प्रवचन दिदै हिड्नुहुने ब्रह्मकुमार चन्दन श्रेष्ठको बिशेष उपस्थितीमा रुद्राबति बहुमुखी क्यामपस वामीमा एक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको सुरुवातमा क्याम्पसका प्राद्यापक बुद्धि प्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो भने पछि प्रमुख प्रशिक्षक श्रेष्ठले प्रवचन दिनुभएको थियो ।प्रवचनको क्रममा श्रेष्ठले आफुमा सकारात्मक साँेचको बिकास गरेमा मात्र सफल हुन सकिने बताउँदै संसार परिबर्तन गर्ने लक्ष्यको सुरुवात आफुबाट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रजेक्टरको माध्यमबाट बिद्यार्थीहरुलाइ प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा सहभागी प्रद्यापक तथा बिद्यार्थीहरुले आफुमा लागेका जिज्ञासाहरु प्रस्तुत गरेका थिए । त्यसैगरी आजै महेन्द्रं आदर्श उमाबि वामीमा पनि कार्यक्रम सम्पन्न गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend