logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको वामीमा केही हप्तामै ल्याण्डलाइन फोन बिस्तार हुने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, वामी गुल्मी ।
वामीमा अब छिट्टै लेन लाइन फोनको बिस्तार हुने भएको छ । आज भैरहवा र गुल्मीको टेलिकमको टोलीले अध्ययन गरी केही दिनमै काम शुरु हुने बताएको छ । फोन सेवा बिस्तारका लागि गर्नुपर्ने प्रक्रियाहरु सबै अगाडी बढाउने गरी आज बिशेष छलफल समेत गरिएको छ ।

उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमले अब केही हप्तामै वामीका स्थानीयहरुले लेनलाइन फोन प्रयोग गर्न सकिने बताइएको हो । लेन लाइन फोन बिस्तार भएलगत्तै वामीबासीले सस्तो रुपमा स्तरीय फोन सेवा प्राप्त गर्न सक्ने छन ।
फोन बिस्तार हुने भनीएपछि स्थानीयहरु मख्ख परेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend