logo
  • शुक्रबार, असोज ९ २०८३

म्याग्दी प्रवासि नेपाली संघ कोरियाद्वारा “म्याग्दी घर” उद्घाटन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सउल, दक्षिण कोरिया ।
म्याग्दी प्रवासि नेपाली संघ (मोना) दक्षिण कोरियाद्वारा निर्मित म्याग्दी घर उद्घाटन, समितीको पदपुर्ती तथा विदाइ कार्यक्रम सम्पन्न भएको छ । कोरियाको प्रमुख मध्यको दोस्रो पर्व सल्नाल (नयाँबर्षको)को अवसर पारी आयोजना गरिएको कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा कोरिया आइ विविध कारणले कम्पनि छोडेका तथा कुनै समस्यामा परेका ब्यक्तीहरुलाइ राख्न सक्ने गरि निर्माण गरिएको ‘म्याग्दी घर’ उद्घाटन गरिएको छ ।
मोना दक्षिण कोरियाको अध्यक्ष लोक बहादुर बानियाँको सभापतित्व तथा एनआरएन बरिष्ठ उपाध्यक्ष ओमनारायण जुग्जाली को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समितीमा रिक्त रहेका पदहरुमा मनोनयन समेत गरिएको छ ।
रीक्त सचिव पदमा सुनेश केसी, सदस्यहरुमा गोविन्द बानियाँ, सुमन पौडेल,मोनीका थापा , बिनिता क्षत्री र मदन बानियाँ नियुक्त हुनुभएको छ । सोहि कार्यक्रम बिच पाँच बर्षे कोरिया बसाइ सम्पन्न गरि नेपाल फर्कदैँ गर्नुभएका मोना कोरियाका खेलकुद संयोजक गंगाराज बानियाँलाइ विदाइ समेत गरिएको थियो ।
कार्यक्रममा अन्य अतिथीहरुमा मोना दक्षिण कोरियाका संरक्षकहरु भरत तुलाचन सल्लाकार भक्त तुलाचन,गौरी बोगटी र थाईलैंड एन रा ए न अध्यक्ष खगेन्द ढकालको आतिथ्यता रहेको थियो । साथै सोहि कार्यक्रममा संस्थाको आर्थिक आयव्यय विवरण समेत प्रस्तुत गरिएको मोना दक्षिण कोरियाका अध्यक्ष लोक बहादुर बानियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend