साझा नेटवर्क
विमल नेपाली, बागलुङ माघ २० ।
दरमखोला जलविद्युत परियोजनाको बुधबार वसन्त पञ्चमीको अवसर पारेर शिलन्यास गरिएको छ। बागलुङको रिघा वार्ड नं. ७ मा रहेको परियोजनाको मुहानमा बुधबार पुजा अर्चना सहित सिलन्यास गरिएको हो।
नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय पोखराका निर्देशक रामजी भण्डारीले सो परियोजनाको शिलन्यास गर्दै परियोजनाले नेपालकै विद्युत आपूर्तिमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाका प्रमुख रोहणी पौडेल, इन्जिनियर विकास श्रेष्ठ लगाएतले वोल्नु भएको थियो ।
कार्यक्रम दरमखोला हाइड्रो इनर्जी कम्पनीका अध्यक्ष नर वहादुर पुन निरजको अध्यक्षता तथा नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो । २०७६ साल पौस मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनावाट ९ दशमलव ८ मेघावाट विद्युत उत्पादन हुने परियोजनाले जनाएको छ।
करिव २ अर्वको लगानी रहने परियोजनाले ३० प्रतिशत शेयर स्थानिय ६ गाविसका उपभोक्तावाट उठाउने भएको छ। बागलुङको रिघा, काँडेवास, दगातुन्डाडा र पाण्डवखानी तथा गुल्मीको अर्लाङकोट र वामी का उपभोक्तावाट ३० प्रतिशत शेयर लगानी गराउने परियोजनाले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend