साझा नेटवर्क
विमल नेपाली, बागलुङ माघ २० ।
अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघाले बुधबार देखि लकर सुविधा सहित कम्प्यूटर प्रणाली सहितको लेखा प्रणाली सुरु गरेको छ। संचार सहकारी संघ वागलुङका उपाध्यक्ष विष्णु भुसालले सो सेवाको उद्घाटन गर्दै वित्तिय सरलताको लागी प्रविधिको उपयोग गर्नुपर्ने भन्दै सहकारीले आफ्नो कारोवारलाई प्रविधि मैत्रि वनाउने विश्वास व्यक्त गर्नुभएको छ।
भुसालले सहकारीको विकासले ग्रामिण जनजिवनलाई सम्वृद्ध गर्न भूमिका निर्वाह गर्ने वताउनु भएको छ। कार्यक्रममाा रत्न लक्ष्मी मावि रिघाका सहायक प्राचार्य तुल वहादुर श्रीस, सहकारीका सल्लाहकार श्याम विश्वकर्मा लगाएतले वोल्नु भएको थियो । कार्यक्रममा संस्थाको वारेमा प्रवन्धक सोनाम घर्तिले जानकारी दिनुभएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष देव वहादुर विकको अध्यक्षता, तथा शिक्षा उपसमितिका संयोजक डम्वर श्रीसको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानिय आमा समुहले श्रीपञ्चमीको अवसरमा भजन प्रस्तुत गरेका थिए । ३ सय २२ जना शेयर सदस्य रहेको सहकारीमा साढे २२ लाख शेयर पुँजी रहेको छ भने ९५ लाखको कारोवार गर्दै आएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend