logo
  • शनिबार, भाद्र २० २०८३

कोरियाको मासिक २ लाख छाडेर गाउँमा दुग्ध व्यवसाय


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

प्रेम सुनार, गुल्मी माघ २० ।
गुल्मीका एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् । गुल्मीको दिगाम–५ पुर्खेयौली घर भएका ३५ वर्षिय रविजलाल पन्थले रिडी वजारमा रिडी वजारमा करिव १० लाख लागतमा गौरव दुग्ध डेरी सञ्चालनमा ल्याएका हुन् ।

अढाई वर्ष अघि कोरियाबाट घर आएका पन्थले ६ महिना पछि उक्त डेरी खोलेका थिए । १५/२० लिटर दुध संकलनबाट डेरी सञ्चान गरेका पन्थको डेरीमा अहिले दैनिक ३ सय ५० लिटर दुध संकलन हुने गरेको छ । उक्त दुधबाट उनलले दहि पनीर, छुर्पी घिउ, कुरौनी बनाएर विभिन्न स्थानका वजारमा बेच्ने गरेका छन् ।

पन्थले भने– ५ वर्ष सम्म कोरियामा मजदुर गरियो, फिक्सर भिसामा गएपनि पछि सिक्दै जाँदा पानी जाहजमा काम गर्न सुरु गरेको थिएँ तलव महिनाको २ लाख भन्दाबढि थियो । यसो घर आएर बुझे त्यतिनै मेहनत गर्ने हो भने त गाउँ मै पनि कमाउन सकिन्छ भन्ने लागेर यो व्यवसाय सुरु गरेको हुँ । ’

उनले अहिले मासिक ८० हजार देखि १ लाख सम्म आम्दानी हुने गरेको बताए । ईनोभेशन च्यालेञ्ज–२०१५ को नोमिनेशनमा जिल्लाका १० उत्कृष्ट उद्यमीमा परेका पन्थले ‘ नजाऔं अव खाडीमा, खुशी संगै पैसा खोजौं हाम्रै पाखा हाम्रै बारीमा ’ भन्ने अभियान सञ्चालन गरेका छन् ।

आगमी दिनमा आईसक्रिम उद्योग सञ्चालन गर्ने तयारीमा रहेका पन्थले बैदेशिक रोजगारीमा जाने रकम कृषि तथा पशुपालनमा लगानी गर्न सके विदेशको कमाई यहि हुने बताउँदै युवाहरुलाई वैदेशिक रोजगारमा नजान सुझाव दिन्छन् ।

जिल्लाका उत्कृष्ट युवा व्यवसायी पन्थलाई जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र अन्य संघ संस्थाले पनि प्रोत्साहित गरेका छन् । किशानका लागि उन्नत विउ विजन कार्यक्रमले उनलाई यस वर्ष १० लाख रुपैयाँ अनुदान दिने समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend