logo
  • शनिबार, भाद्र २० २०८३

सुदूरपश्चिम सेवा समाज बहराइन गठन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

मान बहादुर के.सी. ’मुस्कान’ यूएई,।
बैदेशिक रोजगारीको शिलशिलामा बहराइनमा कार्यरत सुदूरपश्चिमवासीहरुले सुदूरपश्चिम सेवा समाज बहराइन गठन गरेका छन् ।बहराइनमा रहेका नेपालीहरुलाई आई पर्ने समस्या र नेपालमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्ने मुख्य उद्देश्यका साथ बहराइनको मनामामा २७ जनवरी २०१७ शुक्रबारका दिन बसेको बैठकले उमेश जोशीको अध्यक्षतामा १६ सदस्यिय समिति गठन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा पदम खड्का दित्तिय उपाध्यक्षमा गीता नेपाली महासचिब दीपेन्द्र चन्द र कोषाध्यक्ष भान सिंह ठगुन्ना रहनु भएको छ । नवगठित समाजका अध्यक्ष जोशीले छिट्टै बहराइनमा रहेका सबै सुदूरपश्चिमबासीहरुलाई समाजमा जुड्नु अनुरोध गर्नु भएको छ ।

बहराइनको हरेक प्रान्तमा कार्यरत सुदूरपश्चिमवासीहरुलाई एकताको सुत्रमा बाध्ने उक्त महान अभियानमा कोहि पनि छुट्न नहुने नवगठित समाजका प्रथम उपाध्यक्ष पदम खड्काले बताउनु भयो । अध्यक्ष उमेश जोशीको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहने गरी कार्यसमिती चयन गरेको छ ।

अध्यक्ष उमेश जोशी, प्रथम उपाध्यक्ष पदम खड्का (कञ्चनपुर), दित्तिय उपाध्यक्ष गीता नेपाली (कञ्चनपुर), महासचिव दीपेन्द्र चन्द (बैतडी), सचिब बिसाल भण्डारी (झाङ), कोषाध्यक्ष भान सिंह ठगुन्ना (बझाङ), सह(कोषाध्यक्ष सुर्जन बोकटी (बझाङ), पदम ओखडा (बाजुरा), मान बहादुर सुनार (कञ्चनपुर), वीर सिंह उडाल (दार्चुल्ला), पुरुशोतम भट्ट (कञ्चनपुर), दीपेन्द्र चन्द (दार्चुल्ला), रमेस ठगुन्ना (बैतडी), ईन्द्र बिष्ट (कञ्चनपुर), बिक्रम चन्द (दार्चुल्ला)मान बहादुर चन्द (बैतडी) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend