logo
  • शुक्रबार, असोज ९ २०८३

सर्जक भण्डारीको “मेरो आँशु झारेऊ”ले चर्चा बटुल्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार “अविरल” पन्थी ।
गुल्मेली सर्जक ईश्वर भण्डारी र रेशम बिसीको केहीदिन अगाडि सार्वजनिक भएको लोक तथा दोहोरी गीति एल्बम “मेरो आँशु झारेउ”ले यतिबेला सर्वत्र चर्चा बटुली रहेको छ । शुभारम्भ डिजिटलको प्रस्तुति रहेको गीति एल्बम “मेरो आँशु झारेउ” युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
तिन वटा एल्बम बजारमा ल्याईसकेका गायक तथा सर्जक भण्डारी निरन्तर रुपमा गित संगीतमा लागि रहेका छन । छोटो समयमा चर्चा कमाउन सफल भण्डारी यतिबेला “मेरो आशु झारेउ” एल्बम बजारमा ल्याएर चर्चा बटुल्दै छन । भण्डारी यतिबेला रोजगारीको सिलसिलामा प्रदेशमा छन । प्रदेशमा रहेर पनि नेपाली गित संगितमा निरन्तर लागि रहेका भण्डारीले दुइवटा एल्बममा शब्द तथा विभिन्न विधाका आधा दर्जन भन्दा बढी गीतमा लय शृजना गरिसकेका छन् ।

नेपाली गित संगीतलाई माया गर्ने कलाकारहरु विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली कला सस्कृतिलाई भुल्न सक्दैनन । बेला बखतमा आफ्ना प्रस्तुतीहरु लिएर दर्शक श्रोताहरुको माझमा आइरहेका हुन्छन ।

गीतमा भण्डारीले शब्द तथा संगीत शृजना गरेका छन । स्वयम भण्डारीको स्वर रहेको गीतमा लोकप्रिय गायिका बिष्णु माझीले साथ दिएकी छिन। कपिल लामाको निर्देशन रहेको गीतको भिडियोमा पवित्रा थापा र विमल अधिकारीले अभिनय गरेका छन । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन।

भिडियो  हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend