साझा नेटवर्क
कतार ।
नेपाल प्रबासी तामाङ समाज कतारले सोनाम ल्होछार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा रमाइलो गर्दै सम्पन्न गरेको छ । “तामाङ जातीको परिबर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल अभिप्राय बोकेकोसमाजले मन्जु श्री सम्बत २८५३ सोनाम ल्होछार (ज्या ल्हो) चरा बर्गको उपलक्ष्यमा भएको उप्त कार्यक्रम कतारको उम सलाल स्थित अल दाना क्लवमा सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथी राजदूतावासकी काउन्सिलर गिरिजा शर्मा श्रीमती गिरिजा शर्माले महान चाड ल्होछारको शुभकामना दिनुकी थिइन् ।
नेपाल सम्पूर्ण नेपालीहरुको हो । हामी सबैले हाम्रो धर्म सस्कार सभ्यता र परमपरालाई बचाउनु हाम्रो कर्तब्य रहेको र बचाउन सके मात्र सक्षम तथा सुन्दर नेपालीको रुपमा विश्वभरीचिनिने कुरा बताइन । साथै सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुलाई यहाको कल्चर र कानुनको पालना गरेर काम गर्न आग्रह गरेकी थिईन । मन्तब्य दिनेक्रममा समाजका संरक्षक सुक बाहादुर तामाङले सस्थाको स्थापना देखि आज सम्म कतारमा बसेर १३ औ ल्होछार यति ठूलो भिडका बिचमा मनाउन पाउँदा अत्यन्तै खुसी रहेको बताए ।
विशेष अतिथी लिलाम चिड्डी मगरको मन्तब्य पनि आफ्नो शुभकामना मन्तब्य राखेका थिए । दोस्रो चरणको कार्यक्रममा सुरुवाती गित गीत उत्तर सङुल तामङ र साथीहरु तथा सुरुवाती नृत्य स्थानिय कलाकारहरु तथा नृत्य निर्देशक श्री पाख्रीन तामाङ,सिर्चेन तामाङ, अमृत लामा, मनिशा तामाङ, बिष्णु लिम्बू, बिमला कार्की,जङ्गे लोप्चनले दिएका थिए ।
कार्यक्रमलाई अझै मनोरन्जनात्मक बनाउनको लागी नेपालबाट कलाकारहरु म्हेन्दोमाया गायिका शान्ती माम्बा तामाङ, तामाङ चलचित्रकी चर्चित नायिका तथा निर्देशक निर्माता सुकु मोक्ताङ तामाङ, सङीत्कार तथा म्हेन्दोमाया गाएक रोशन फ्युबा तामाङ, वरिष्ठ सङीतकार तथा गाएक टीका बम्जन तामाङ, लोक गायिका तथा सेलो गायिका इन्द्रा गोले र सैलुङे गाएक प्रेम लोप्चन तामाङले गित गाएर दर्शक स्रोताहरुलाई छमछमी नचाएका थिए ।
अतिथि कलाकारहरुको कोशेलीहरुलाई दर्शक स्रोताहरु नाच्नको लागि वन्स मोर भन्दै थिए। आफ्नै मौलिक रितिथिती कला सस्कृती र झाकीमा रहेको उक्त कार्यक्रमको लागि श्री बाबू योन्जन, सोमन तामाङ, असोक सिङ्दन, इन्द्र पाख्रीन, एसिएन गोल्ड, अलिबिनअलि पेप्सी लगाएत ब्यक्ती तथा सस्थाहरुले प्रायोजन गरेका थिए।
यसै कार्यक्रमका बिचमा गाएक नेपाल प्रबासी तामाङ समाज कतारका सदस्य भिम लामा तामाङको पहिलो गीति एल्बम “मेरो रहर” को बिमोचन गरिएको थियो । समाजका अध्यक्ष अध्यक्ष थर्च लामा सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल राजदुतावासकी काउन्सिलर गिरिजा शर्मा रहेकी थिइन् । बिशेष अतिथीमा जनजाती महासङ्घ कतारका कार्यबाहक अध्यक्ष श्री निलम मगर साथै अन्य बरिष्ट समाजसेवीहरु रहेका थिए ।
त्यसैेगरी अतिथीहरुमा कतारमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको थियो । नेपाल प्रबासी तामाङ समाज कतारका सकृय सदस्य धिरेन्द्र तामाङले स्वागत मन्तब्य दिए पछि कार्यक्रमको औचित्य र उदेश्य बारेमा नेपाल प्रबासी तामाङ समाज कतारका प्रथम उपाध्यक्ष तिर्थ थिङ तामाङले प्रष्ट पारेका थिए।
अन्तमा कार्यक्रमका सभापति थर्च लामाले यो कार्यक्रमलाई सफल बनाउनको लागी पर्दापछाडिबाट सहयोग पुर्याउनुहुने सबैमा धन्यबाद ब्यक्तगरेका थिए । दुइ चरणमा संचालन भएको कार्यक्रम समाज कतारका महासचिब कमल तामाङ र सकृय सदस्य गुराँस घ्लान तामाङले सन्चालन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend