साझा नेटवर्क
सझा नेटवर्क, काठमाडौँ माघ १८ ।
लामो समय देखि प्रवासमा रहेर पनि नेपालि गित संगीतमा आबद्द हुदै आएर पछिल्लो समय ”एउटा गाउँ’ थियो” ”निष्ठुरी भनु भने” ”तिमि लाई आफ्नो ठानु” गीतको म्युजिक भिडियोबाट निकै नै चर्चा कमाइ रहेका गीतकार अनि संगीतकार हुन् राज कुमार श्रेष्ठ ।
यिनै राजकुमारको अर्को नया गित ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सुगम संगीतमा पछिल्लो समय निकै नै चर्चा कमाई सकेका चर्चित मोडल सनम कठायत र मिस भ्याली अस्मिता श्रेष्ठको भिडियोमा अभिनय रहेको छ ।
राजकुमारको आफ्नै शब्द संगीत रहेको गीतमा सुमन तामांगको आवाज रहेको छ भने अहिलेका चर्चित सिनेम्यट्रोग्राफर ज्ञानेन्द्र शर्माले यो गीतको छायांकन गरेका छन् । संचारकर्मी प्रकाश धितालले यो गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका छन् ।
अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार व्यपस्थापन गर्ने छ । यसै गरि गीतमा मिलन थापाको कोरियोग्राफी रहेको छ र गित सम्पादनको चरन पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend