साझा नेटवर्क
विमल खड्का, बागलुङ माघ १७।
प्रेस सेन्टर नेपालको बुर्तिबाङमा आज सम्पन्न भएको भेलाले कृष्ण कँडेलको संयोजकत्वमा ११ सदस्यीय बुर्तिबाङ ईकाई समिति गठन गरेको छ । समितिको सचिवमा विमल खड्का र सदस्यमा सुजन नेपाली, अनिल कुमार विश्वकर्मा, झम सिरपाली, सुरेन्द्र पुन र टंक पौडेल रहनुभएको छ ।
४ सदस्य पछि थपिने प्रेस सेन्टरले जनाएको छ । चन्द्र अर्याललको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
भेलामा बोल्दै प्रेस सेन्टर बागलुङका सल्लाहकार राजबहादुर थापाले कलम र आवाज मार्फत समाज परिवर्तनको पक्षमा पैरवि गर्नु क्रान्तिकारी पत्रकारहरुको दाईत्व भएको भन्दै त्यस तर्फ लाग्न आग्रह गर्नुभएको थियो । भेला कृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend