logo
  • शनिबार, साउन ३० २०८३

दिलमा पनि धड्कनमा पनि तिमि नै बसेकी छौ-गायक खवास


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं माघ १७ ।
लामो समय देखि गीत संगीतमा आवाद हुदै आएका र हाल प्रवासमा रहेर पनि नेपालि गीत संगीत सक्रिय हुदै आएका कलाकार गायक/गीतकार अनि संगीतकार हुन् तेज कुमार खवास ।

गीत संगीतमा सक्रिय खवासका निकै नै राम्रा राम्रा सिर्जनाहरु बजारमा छन् । “चुलबुले कान्छी नक्कलि मोरी” गीतबाट चर्चा कमाएका तेजले त्यहि क्रममलाई पछ्याउदै पछिल्लो समय उनले आफ्नो नया सिर्जना स्वरूप आफ्नो नया गीत “दिलमा पनि धड्कनमा पनि तिमि नै बसेकी छौ” बजारमा सार्बजनिक गरेका छन ।

यो गीतमा स्वर/शब्द अनि संगीत तेज स्वयम् आफ्नैको रहेको छ भने एरेन्ज भने निरज श्रेष्ठको रहेको छ । आफु प्रवासमा भएता पनि यहि गीतको म्युजिक भिडियो पनि उनले निर्माण गरेका छन् ।

अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको भिडियोलाई सुजित बिश्वासले निर्देशन गरेका छन् । भिडियोमा सुमन निरौलाको छायांकन सुनिल श्रेष्ठको सम्पादन संगै प्रतिक र उषाको ससक्त अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend