logo
  • शुक्रबार, असोज ९ २०८३

जापानबाट नेपाल फर्कन लागेका युवाले गरे आत्महत्या


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोकियो, माघ १६ ।
कुक भिषामा जापान आएका एक युवाले भोली घर फर्कन प्लेनको टिकट समेत काटिसकेको अवस्थामा आज आत्महत्या गरेका छन् । करिव १३ महिना अघि जापान आएका ३३ बर्षिय संजय खत्रीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

प्राप्त जानकारी अनुसार १० लाख बढी रुपैयाँ तिरेर मासिक डेढलाख बढी तलब पाइने लोभमा जापान आएका नवलपरासी अमरपाुरी ८ का खत्री केही समयदेखी मानसिक तनावमा थिए । मासिक मुस्किलले १ लाख तलब पाउँदै आएको बताइएका खत्रीले केही दिनदेखी नै जापान आएको ऋण समेत तिर्न नसकेको अवस्थामा के नेपाल फर्कनु भन्दै मर्छु भन्ने गरेको उनका नजिककाहरुले बताएका छन् ।

जापानको खानागावा केनको योकोहामा बस्दै आएका खत्रीले खानागावाको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकको कोठामा आत्महत्या गरेका हुन् । श्रीमती र ३ बर्षिय छोरा रहेका खत्रीको निधनपछि उनको परिवारमा पिडासँगै उनलाई जापान पठाएको ऋण र उनको शदगद सहित शव नेपाल फर्काउने थप समस्यामा परेको छ ।

पछिल्लो समय जापानमा विभिन्न मानसिक तनावका कारण आत्महत्याका घटना बढिरहँदा यसको न्युनिकरण र समाधानको लागि प्रयत्न भइरहेपनि प्रभावकारी हुन नसक्दा यस्ता घटना न्यूनिकरण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend