logo
  • शनिबार, साउन ३० २०८३

भलिबलको उपाधी मगर संघ ओमानलाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

ओमान, माघ १६।
२७ जनवरी २०१७ शुक्रबारको दिन ओमान नेपाली एकता समाजको आयोजनामा भएको अन्तर नेपाली मैत्रीपुर्ण भलिबल प्रतियोगिता-२०१७ को उपाधी फेरि पनि नेपाल मगर संघ ओमानले हात पारेको छ । ओमानको राजधानी मस्कट स्थित गोब्रा पावर कम्पनिको खेल मैदानमा संचालन भएको यस भलिबल प्रतियोगितामा जम्मा जम्मी १३ टिमले सहभागीता जनाएका थिए ।

ओमानमा हुने अन्तर नेपाली भलिबल प्रतियोगितामा अधिकांश रुपमा बिजय हासिल गर्दै छुट्टै इतिहास बनाएको नेपाल मगर संघ ओमानले यस पटक पनि अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा रोमान्चक जित हासिल गरि बिजेता बनेको थियो । समूह “बि” पोलमा रहेको यस टिमले लु.लु. लाली गुराँस “ए” र आयोजक टिम “ए” लाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो । उप बिजेता ठकुरी स्पोर्ट्स क्लबले “ए” पोलबाट आयोजक टिम “बि” र सोहार युवा क्लबलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सेमिफाइनलमा नेपाल मगर संघ ओमानको टिमले लु.लु. लाली गुराँस “बि” लाई हराउदै फाइनलमा प्रवेश गरेक थियो । ठकुरी स्पोर्ट्स क्लबले तमु समाज ओमानलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । फाइनलको पहिलो सेट मगर संघले अत्यन्तै प्रतिस्पर्धात्मक तरिकाले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा सहजै जित हासिल गरि यस पटकको पनि अन्तर नेपाली मैत्रीपुर्ण भलिबल प्रतियोगिताको प्रथम उपाधी चुम्न सफल भएको हो भने ठकुरी स्पोर्ट्स क्लबले उप बिजेतामै चित्त बुझाउनु परेको छ।

बिजय संगै प्रथम भएको मगर संघ ओमानले ट्रफीका साथमा प्रथम पुरस्कार खसि समेत प्राप्त गरेको छ । बिगत झै यस पटक पनि मगर संघ ओमानका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरि प्रथम स्थान हासिल गर्दै संघको नाम उच्च र सबै माझ परिचीत गराउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend