साझा नेटवर्क
ध्रुब क्षेत्री, माघ १६।
भारतको महाराष्ट्र राज्यको नाशिकमा अन्तराष्ट्रिय नेपाली युवा अभियान भारत अन्तरगतको महाराष्ट्र राज्य परिषद घोषणा भएको छ । दलित शक्ति महाराष्ट्र राज्य समिति पनि सोहि अवसरमा घोषणा गरिएको छ ।
नयाँशक्ति पार्टीको आङिक विभाग अन्तराष्ट्रिय नेपाली समाज भारत महाराष्ट्र राज्य समितिको आयोजनामा सुरु भएको कार्यक्रमको अध्यक्षता अन्तरास्ट्रिय नेपाली समाज भारत महाराष्ट्र राज्य परिषदका संयोजक तुलसी गिरिले गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अथितीमा अन्तराष्ट्रिय नेपाली समाज भारतका केन्द्रिय संयोजक मोहन राउत, बिसेष अथितिहरुमा महाराष्ट्र राज्य इन्चार्ज दिपक बिक, अन्तराष्ट्रिय नेपाली अभियान भारतका केन्द्रिय संयोजक माइकल क्षेत्री, सह-संयोजक प्रकाश नेपाली, अन्तराष्ट्रिय दलित अभियान भारतका सह-संयोजक प्रेम घताने साथै अतिथिहरुमा नेताहरु लाल सिंह बिक, राम सिंह ददेल, तुलसी बिक, दुर्गा ददेल लगाएत हुनुहुन्थ्यो ।
भारतमा सक्रिय विभिन्न वैचारिक सस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । उक्त कार्यक्रमको संचालान शिवराज ले गर्नु भएको थियो भने स्वागत मन्तव्य तिलक बिकले राख्नु भएको थियो । कार्यक्रमलाई भारतमा कर्मथलो बनाएका प्रख्यात कलाकारहरुले आफ्नो प्रतिभा विभिन्न चरणमा प्रस्तुत गरेर मनोरन्जित बनाएका थिए । वैचारिक सस्था तथा अतिथिहरुले आफ्नो शुभकामना मन्तब्य राख्दै राज्यमा बस्ने नेपालीहरुका विभिन्न समस्या समाधान गर्न आफुहरुले पहल गर्ने बताएका थिए ।
कार्यक्रममा अथितिहरुले आ-आफ्नो धारणा राखी सकेपछि अन्तराष्ट्रिय नेपाली युवा अभियान भारतका संयोजकले युवा कमिटि र प्रेम घतानेले दलित बिभागको घोषणा गर्नु भएको थियो । सर्व सम्मत हलबाट तालि बजाएर स्वागत गरिएको थियो । उक्त कर्यसमितिको नाम तल उल्लेखित छ ।
अन्तरास्ट्रिय नेपाली युवा शक्ति भारत महाराष्ट्र राज्य परिषद यस प्रकार रहेको छ । संयोजकमा तिलक बिक त्यस्तै सदस्यहरुमा नेत्रलाल भन्डारि, रमेश सेर्पाली, नारायण ददेल, बिनोद बिक, राम सेर्पाली, दिपक ओलि,एकराज ओलि, अक्ष बिक, भुपेन्द्र बिक, राज बिक, दिल ब डागी, राजन बिक, पारश आउजी, निरुपती खाती, गुद्दे नेपाली मोहन खाती र ७ जना रिक्त रहने गरि २५ सदस्य युवा समिती घोषणा गरेको छ ।
त्यस्तै दलित राज्य समितीको संयोजकमा मोहन बिक, सदस्य हरि ददेल, हिरालाल बिक, वीर ब कलेल, किशन ददेल, रबि ददेल, तुलाराम सुनार, महाबिर परियार, कमल बिक, मिरा ददेल, तारा बिक, राजन बिक, दिलिप क्षेत्रीयल, चन्द्रकला सेर्पालि,दिल ब. बिक, गङगा नेपाली अमर नेपाली लगायत रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend