logo
  • शनिबार, साउन ३० २०८३

प्रेमीका अर्काको डोली चढेपछि “गायक” बनेर रमाउदै बोहरा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

महेश बोहरा, बुटवल माघ १५ ।
पर्वत जिल्ला सालिजामा जन्मेका राम्जी बोहरा “गायक“ नामक लोकदोहोरी गीत लिएर फेरि नेपाली लोकसंगीतको क्षेत्रमा प्रस्तुत भएका छन । उनको यो दोश्रो सांगीतिक केसेली हो, यस भन्दा पहिले उनले अजम्बरी माया नामक सांगीतिक कोसेली बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शको मन जितिसकेका छन् ।

मेशना डिजिटल प्रालि मार्फत बजारमा आएको  “गायक” बोलको गीत भने अन्य गीत भन्दा फरक कथावस्तुमा तयार भएको छ । जब मान्छे प्रेममा धोका खान्छ , त्यसपछि कि त ऊ पर्दे्शिना पुग्छ त कि त कुलतमा फसेर झनै आफ्नो जिबन बर्बादपार्छ ! प्रस्तुत गीत यस्तै यस्तै कथावस्तुमा आधारित रहेको शब्द सङ्कलक बोहराले बताए । तर यस गीतमा धोकाको कारण परदेशिएको भने होइन ।

आफुले जिबन भर संगै बाँच्ने अनि संगै मर्ने भन्दै कसम खाएको प्रेमिका अर्कैको डोली चढेर गएको पिंडा सहन नसकेर कुलतमा फसेको र सोहि करण विरहको गीत गाउने गायक भएको काल्पनिक कथा यस गीतले बोलेको छ । यस गीतको शब्द रामजी बोहरा र स्वर देबी घर्ति अनि गणेश अधिकारीको रहेको छ लय भने गणेश अधिकारीले ने गरेका छन । प्रस्तुत गीतको यथार्थतालाई प्रस्ट्याउनका लागि यस गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ ।

भिडियोमा महेन्द्र गौतम , आशा खड्का र अविरल बोहराको लोभ लाग्दो अभिनय रहेको छ । भिडियोमा महेन्द्र गौतमको प्रेमिका आशा खड्कालाई अविरल बोहराले सिउँदो रङ्गयाएका छन् । अर्थात् भिडियोको कथावस्तु अनुसार अविरल बोहराले आशा खड्का लाई उडाएपछी मोडल महेन्द्र गौतमको हरिबिजोग भएको दृश्य देखाइएको छ ।

भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुजन शाहीको रहेको छ । हामीसंगको कुराकानीमा उनले पहिले जस्ते निरन्तर माया गर्दिनको लागी दर्शक तथा श्रोतालाई आग्रह गरेका छन । उनले आफुलाई साथ सहयोग गर्ने प्रति पनि कृतज्ञता प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend