साझा नेटवर्क
कमल सरगम, काठमाण्डौ ।
“तिमीलाई आफ्नो बनाउनको लागि हर बखत तिम्रै यादमा तड्पीरहे । अब सधै भरि तिम्रै यादमा रुनु बाहेक केहि रहेन मेरो लागि ।तिमीलाई माया गरिन कि ? तिमीलाई साथ् दिन सकिनकि ?कि तिम्रो लायक थिइन ? किन तिम्रो बन्न सकिन सानु ।
यस्तै शब्द भावमा अनुबन्धित सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली सर्जक युबराज बास्तोलाको अर्को उत्कृष्ट लोकदोहोरी गीत “तिम्रो यादमा रुन”बजारमा आएको छ । राजेन्द्र कंडेल, युबराज बास्तोला र लक्ष्मी राना मगरको सुमधुर आवाज रहेको गीतमा लय युबराज बास्तोलाले भरेका थिए भने शब्द युबराज बास्तोला र कृष्ण बस्यालले लेखेका छन ।
छोटो समयमा अत्याधिक दर्शकमनहरुको मुटुमा बसेको यस गीतको म्यूजिक भिडियो सुपारी म्यूजिक प्रालिको युटुब च्यानलमा सार्बजनिक गरीएको छ ।कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका छन ।
चर्चित मोडल बिमल अधिकारी र रुपा कंडेलको जोडदार अभिनयमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने सुजन साहीले गरेका हुन् ।गीत निकै राम्रो बनेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend