साझा नेटवर्क
महेश बोहरा, बुटवल माघ १४।
बिगत ७ महिनादेखी सञ्चालन हुदै आएको लिप्टिङ खानेपानी योजना बन्द हुदा अर्घाखाचीको अर्घातोषका स्थानिय बासिन्दा मर्कामा परेका छन । निरन्तररुप मा चल्दै आएको खानेपानी एक्कासी बन्द हुदा स्थानिय बासिन्दा आक्रोसित बनेका हुन ।
करिब ८ लाखको लगानिमा निमार्ण भएको अर्घातोष तिल्कुवा लिप्टिङ खानेपानी माघ १० गते सम्म अलि अलि आउने गरको स्थानिय उपभोक्ता रिमा आचार्यले बताईन । उक्त लिप्टिङ खानेपानी आयोजनाको अहिले सोलार ब्याट्ी समेत चोरी भएको स्थानीय हरि थापाले बताए ।
ब्याट्री कहिले र कसले चोरी गरेको हो अहिलेसम्म कुनै थाहा नभएको कुरा उनले बताए । उनले छिटो भन्दा छिटो दोषी पत्ता लगाई कारबाही गरी आयोजना सञ्चालन गर्न आयोजनाका अध्यक्ष भरत थापासंग माग समेत गरेका छन । खानेपानी जस्तो बिषयमा गम्भीर हुन समेत थापाले आग्रह गरे ।
उक्त योजनाबाट अर्घाताषका बडा नम्बर ६ का करिब ४० घरपरिवार प्रत्यक्ष लावान्भित भएका थिए । अध्यक्ष भरत थापालाई हामीले सम्पर्क गर्दा उनेले आफु बाहिर भएकोले जानकारी नपाएको र पर्के लगतै जानकारी लिने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend