logo
  • शनिबार, साउन ३० २०८३

गायक काफ्लेको अर्को नयाँ रेर्कड, दिए १५ प्रतिशत रोयल्टी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, माघ १४ ।
नेपाली चलचित्र क्षेत्रमा इतिहाँस रच्न सफल चलचित्र छक्कापञ्जाको देखन चम्पा सुनन चम्पा बोलको गीत सँगसँगै अहिले गायक कृष्ण काफ्लेको चर्चा पनि उत्कर्षमा छ ।
नेपाली सांगीतिक क्षेत्रलाई यही गीत दिएर चर्चाको शिखरमा रहेका गायक काफ्लेको स्वरमा रहेको गीतले युट्युबमा सर्वाधिक हेरिने गीतको रेर्कड कायम गरेसँगै उनले सोही गीतका गीतकार एवं संगीतकालाई रोयल्टी दिने कामको सुरुवात गरेका छन् ।

गायक काफ्लेले दाङको हापुरे महोत्सबबाट फर्केपछि आँफुले पाएको पारिश्रमिकबाट सोही गीतका गीतकार शाान्तिप्रिय र संगीतकार दिपक शर्मालाई १५ / १५ प्रतिशत दिएर नबिन कार्यको सुरुवात गरेका छन् ।

जुन काम नेपालमा गर्ने गायक काफ्ले पहिलो स्रष्टा हुन् । विभिन्न स्टेज कार्यक्रमहरुमा गीत गाएर गायकले पारिश्रमिक लिने तर गीतकार र संगीतकारहरु उपलब्धिविहीन हुने कुराको चर्चा चलिरहेको अवस्थामा एक कदम माथि उठेर काफ्लेले रोयल्टीको प्रथा सुरु गरेको बताए ।

गायक काफ्लेले आगामी दिनमा पनि आफूले गाउने गीतको श्रष्टालाई रोयल्टी नियमित उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend