logo
  • शनिबार, साउन ३० २०८३

“याद’हरु” मैले मन पराएको मान्छे सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौँ माघ १३।
पछील्लो समयको चर्चित गायिका हुन मेलिना राई । २०७१ सालमा पहिलो एल्बम ‘बहार’ ल्याएकी मेलिनालाई दैनिक रेकर्डिङले गर्द भ्याइनभ्याइ छ । सुन्दररुप तथा मिठो स्वरको धनी गायिका मेलिना राईको आवाजमा रहेको गीत ‘मैले मल पराको मान्छे’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सर्बोत्कृष्ट संगीतकारको बिधामा बिभिन्न म्युजिक एवार्डमा मनोनित युवा संगीतकार डी.आर. अटुको संगीत रहेको गीतमा आगमन गुरुङ को शब्द, धनु ग्यांमीको एरेञ्ज रहेको छ । भिडियोमा मोडेल बिनोद न्यौपाने तथा सरला थापाले फिचरिङ्ग गरेका छन । भक्तपुरको बागमती क्लबमा छायांकन गरिएको यस् भिडियोमा रिजो सिंह ठकुरीको मेकप तथा हेयर, अमृत सुनुवारको छायाँकन र माधव बेल्बासेको सम्पादन रहेको छ ।

यस भिडियोलाई आर्टिस्टनेपाल डटकमका प्रधान सम्पादक संचारकर्मी नव ढुङेलले निर्देशन गरेका हुन । ढुंगेल संचारकर्मीबाट भिडियो तथा बिज्ञापन निर्देशनमा स्थापित छन । भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यस् गीत दक्षिण कोरियाको बाबुल गम रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग गरिएको थियो ।

सयौं गीतहरुमा संगीत भरेर नेपालका चर्चित गायक गायिकाहरु संग काम गरिसकेका अटु लोक, पप मेलोडीमा रहेको यो गीत नाचेर स्टेज तताउने गीत मध्ये मेलिनाको अहिले सम्म कै उत्कृट हुन सक्नेमा आशाबादी रहेको बताउछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend