logo
  • शनिबार, असोज १० २०८३

तुराङ्गमा मालपोत सम्बन्धी कामहरु शुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी माघ १२।
मालपोत सम्बन्धी कामहरु गर्नको लागि भन्दै जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यतालाइ चिर्दे गुल्मीको तुराङ्गमा आजबाट मालपोत सम्बन्धी काम शुरु भएको छ । जिल्ला मालपोत कार्यालय गुल्मीको शाखा कार्यालय स्थापना भइ तुराङ्गको मजुवाबाट मालपोत र नापी सम्बन्धी कामहरु शुरु भएको हो ।

काम शुरु भएको पहिलो दिन आज तिन जनाले सेवा लिएका छन । वामी, आँपचौर र तुराङ्ग गाबिसका तिन जनाले उक्त शाखाबाट सेवा लिएका तुराङ्ग श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारीले जानकारी दिनुभयो । घर नजिकै बाट नापी र मालपोतका कामकाज गर्न पाइने भएपछि स्थानीय बासिन्दा पनि खुशी भएका छन ।

हिजो मात्रै कार्यालय सञ्चालन गर्न तुराङ्ग आएका कार्यालयका कर्मचारीहरुलाइ बाजा गाजा सहित सम्मान गरिएको थियो । मजुवामा उक्त सेवा शुरु भएलगत्तै प्रत्यक्ष रुपमा क्षेत्र नम्बर १ र २ का गरी २८ गाबिस का स्थानीय बासिन्दाहरु लाभान्वित हुने भएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend