logo
  • शनिबार, असोज १० २०८३

पुलिसकी घरवाली बनिन् रिक्सावाली


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी (हाल बुटवल) माघ १२ ।
उनी वुटवल शहरकी विसा वाईसे उमेरकी आधुनिक सोचकी महिला हुन् । तर पनि उनको आधुनिक सोचमा श्रीमानको कमाईमा मात्र निर्भर हुने, रमाउने भन्ने कुरा छैन् ।आत्मानिर्भर हुने, श्रीमानले जतिकै कमाउने सोचका साथ सानो किराना पसल गरेकी उनले उक्त पसल बन्द गरेर गत तिन महिना देखि वुटवलको सडकमा अटोरिक्सा कुदाउन सुरु गरिन् । नभन्दै उनले नेपाल प्रहरीमा कार्यरत उनका श्रीमानले भन्दा दोव्बर उनले कमाउन थालेकी छिन् । उनि हुन् वुटवलको दिपनगर निवासी अम्विका श्रेष्ठ । उनले आफ्ना श्रीमान महेश कुमाल भैरहवा भन्सार कार्यालयमा कार्यरत रहेका बताईन् ।

विहान उठ्नु दुई छोरीहरुलाई वोर्डिङ्ग स्कुल पठाउने तयारी गर्नु र उनिहरुलाई स्कल पठाए पछि दिपनगरबाट अटोरिक्सा हाँक्दै विभिन्न चोकमा पर्खेर यात्रु भर्नु र साँझ ७ वजे पछि घर फर्किनु उनको दैनिकी बनेको छ । घर नारायणघाट र पुर्खेयौंली माईतीघर पाल्पा बताउने श्रेष्ठ सहित रुपेन्देहीको भैरवाह देखि वुटवलको शिद्धवावा सम्म दुई दर्जन भन्दा बढि महिलाले अटोरिक्सा चलाउने गरेका छन । श्रेष्ठ बाहेक अन्य थुप्रै महिला रिक्सा चालकहरु संग सञ्चारकर्मीका हैसियतले कुरा गर्न खोजियो तर धेरैले मानेन् ।

श्रेष्ठले भने आफ्नो उक्त पेशालाई स्वाभिमानका साथ लिदै सञ्चारकर्मी संग खुलेर बोल्न चाहिन् । ‘मिडियामै देखिने रहर त थिएन तर मेरो समाचारले अरु महिलालाई उत्प्रेरण जगाउने तपाईको उद्देश्य हो भने सोध्नुस तपाईले म बताउँ छु ’उनले भनिन् ।एसएलसी उतिर्ण गर्न नसकेर जागिर खाने रहर पुरा हुन नसकेर किराना पसल गरेकी श्रेष्ठले त्ससै पसलबाट भएको आम्दानीबाट थप आय श्रोतको बाटो खोज्न अटो रिक्सा किनेको बताईन् ।

दिनमा कति कमाउनु हुँन्छ ? भन्ने प्रश्नमा उनले भनिन दिनमा १४/१५ सयको हाराहारीमा कमाउँछु , महिनामा त्यस्तै ४० देखि ५० हजार सम्म बचाउन सकेकी छु । ’ त्यसो भए त श्रीमानको तलव भन्दा बढि नै कमाउनु हुँदो रहेछ त ? भन्ने अर्को प्रश्नमा उनले भनिन् –‘ उहाँको भन्दा त दोव्बर नै कमाउँछु । ’ महिलाले यस्तो काम गर्नु हुन्छ उस्तो काम गर्नु हुँदैन भन्ने सोच गलत भएको भन्दै उनले रुपन्देहीको भैरहवा देखि वुटवलको शिद्धवाव सम्म अहिले २५/२६ जना महिलाहरुले अटोरिक्साबाट त्यतिनै कमाउने बताईन् ।

साँझ ७/८ बजे देखि रिक्सामा चढ्ने कतिपय पुरुषहरु जिस्कीन खोज्ने भएकोले पुरुषले झै साँझ अवेर सम्म चलाउन महिलाहरुले असुक्षित महशुस गरेर साँझ बेलैमा घर–डेरामा जाने गरेको उनको भनाई थियो । कतिपय पुरुषहरुले अनौठो माने जस्तो गरेर हाँस्ने , जिस्काउने गरेको आफुलाई मन नपर्ने र त्यस्ता पुरुषहरु प्रति घृणा जाग्ने गरेको बताउँदै उनले हर क्षेत्रमा महिलाहरु सजग भएर काम गर्न अरु महिलालाई पनि सुझाव दिईन् । उनले उक्त अटोरिक्सा साढे दुई लाखमा किनेर अरु पुरुषहरुलाई भाडामा चलाउन दिएकी थिईन् ।

तर अरुले चलाई दिदा चाँडै बिगार्ने थोत्राउने देखेर भाडामा नदिई तिन महिना देखि आफै चलाउन थालेको र लगानी पनि उठाई सकेको बताईन् । त्यति नै रकम खर्चेर महिलाहरु बिदेशमा पुगेर विभिन्न प्रकारका जोखिम मोल्न भन्दा सदरमुकाम लगायतका शहर बजारमा त्यसरी नै रिक्सा चलाउन सके बिदेशको कमाई स्वदेशमै गरिने सन्देश सञ्चार माध्यमले प्रवाह गरी दिन उनले आग्राह गरिन् । कतिपय सदरमुकाम भित्र लोकल गाडी नचल्ने हुँदा अटो रिक्साले बजारा राम्रो पाउने भएकोल त्यसै गर्न उनले बिशेषतः महिलाहरुलाई सुझाव दिईन् ।

भैरहवा र वुटवलका बजारमा अटो रिक्सा चलाई रहेका दुई दर्जन बढि महिलाहरु मध्ये कतिपय घरेलुहिंसा र बैदेशिक रोजगार पिडित पनि भएको उनको बुझाई छ । पुरुषले गर्ने सवैखाले काम महिलाहरुले पनि गर्न सक्छन् भन्ने देखाउन र महिलाहरुको बैदेशिक रोजगारको बढ्दो आकर्षणलाई कम गर्न पनि सकिन्छ कि भन्दै आफुले रिक्सा चलाउन सुरु गरेको उनि बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend