-कृष्ण प्रसाद खनाल।
गिराञ्चौर बस्तिपछि मुसहर बस्ती निर्माणका लागि निस्केका ख्यातिप्राप्त कलाकार धुर्मुस/सुन्तली यतिबेला अष्ट्रेलियामा विभिन्न संस्थाले अायोजना गरेका कार्यक्रममा व्यस्त छन, उनीहरुले चाहे जे सुकै भनुन अष्ट्रेलियामा उनिहरुको च्यारेटि सो गर्नुको उदेश्य नेपालीहरु कार्यक्रममा धेरै पैसा तिरेर हेर्न अाउँछन, अायोजकले प्रस्तुति अाम्दानी पछिको प्रतिशतको अाधारमा अाउने अार्थिक राशि मनग्य हुन्छ,सो राशिले मुसहर वस्ति निर्माण गरौं भन्ने नै यो लेखकको अनुमान छ ।
विदेशबाट संचालित केहि संघ संस्था( राजनितिक अभिष्ट पुरा गर्ने बाहेक)का संचालीत गैह्र नाफामुलक नेपालीहरुले चलाएका संघ,संस्था जिल्ला समाज, क्षेत्र समाज, अञ्चल समाज वा अन्य नामका संघ, संस्थाले संम्बन्धित क्षेत्र, त्यस ठाउँमा मर्कामा परेका विपन्न, विभिन्न घटना अागालागि, वाढिपिडित, असाहय, विपन्न, मुटु, मृगौला रोगीहरुलाई अाफ्नो अार्जनबाट केहि रकम कटाइ उपचार होस वा अन्य शिर्षकमा पठाइरहेका हुन्छन ।
मानौं यसरि दिने सहयोग केहिलाई बाहिर बस्नेहरुले पैसा थन्क्याउने बाटो नभएकै कारण दिएका हुुन भन्ने अभिव्यक्ति सामाजिक संजालमा नदेखिएका पनि होइनन् । देशमा होस वा विदेशमा दलका नाममा खोलिएका जन-सम्पर्क समिति, जन-सम्पर्क संगठन बाहेकका अधिकांश संघ संस्था धेरैको उदेश्य विदेशमा वस्ने ठगिएका, रोगले थिचिएका, अलपत्र परेका नेपाली र स्वदेशमा रहने नेपालीकै पनि यस्तै प्रकृतिका घटनासँग संम्बन्धित रहेका हरुको उद्धारका लागि गरिएका हुन्छन।
रोजगारि र पारिवारिक स्तर उठाउन डिभि फर्मबाट छनौटमा परि अमेरिकामा बस्ने वा अन्य मार्गबाट युरोप, अष्ट्रेलिया, एशियन मुलुक मध्ये इपिएस प्रणालीबाट कोरिया वा विद्यार्थी, कुक भिषामा जापान जाने अधिकांश नेपाली यहि बाटो अपनाउने गरेका हुन्छन । अर्काको नियन्त्रणमा रहेर यिनै नेपालीहरुले हरेक दिन, हरेक समय नेपाल र नेपालको राजनीतिक अस्थिरता साम्य भए नेपाल फर्केर नेपालमै काम गर्ने वातावरण चाहन्छन ।
लाग्दो हो, के नेपालमै वस्ने नेपाली सबै कामै नपाएर नेपालमै बसेका छन, अथवा सबैको कामै छैन? प्रतिप्रश्न भन्दा पनि स्वदेशमा रोजगारिका अवसर प्राप्त गर्न नसकेकै कारण केहि योग्य र केहि साक्षर युवाहरु विदेशिएका हुन यसरी बुझ्दा ठिक होला। अब रह्यो देशमा नबस्ने अनि विदेशमा बसेर राष्ट्रभक्ति ठुला- ठुला कुरा गर्ने प्रश्नकर्ताहरुको उत्तर! यि प्रश्न राख्ने र सोध्ने प्रश्नकर्ता को हुन ? यिनको बारेमा एकैछिन सोंचौं र पहिचान गरौं ।
के यिनि प्रतिष्ठित उद्योगपति हुन ? के यिनि बैदेशिक रोजगार प्रर्बद्धन महाशाखामा काम गर्ने कर्मचारि हुन? के यिनि नेपाल भित्रै रोजगार सृजना गर्न सक्ने तह र तप्कामा रहेका कर्मठ र उर्जाशिल, देशको उत्पादकत्वमा ह्रास नअाअोस भन्ने सोंचका हुन ? स्वतन्त्र वुद्धिजिवि, वा बेरोजगार बन्द गर्ने साधक हुन ? भ्रममा नपरौं र नपर्दा उचित होला।
छोटो उत्तर दलका पछि लाग्ने, अाफ्नो दलले जुनसुकै कदम अगाडि बढाअोस सरोकार नराख्ने तर ठिक हो वा होइन भन्ने मष्तिस्कले छुट्टाउन सक्ने तर व्यवहार त्यस्तो नदेखाउने सके अाफुले गुलामी गरेका नेताबाट निजी सेवामा प्रवेश गर्ने त्यो भन्दा धेरै सके सरकारि सेवामा गर्न र गरिसकेपछि महत्वपुर्ण विभागमा जाने त्यसपछिको बाटो सरकारी सरुवा र वढुवामा ढोका खुलाउने तप्का नै खास देशभक्ति राष्ट्रवादी भनाउन खोजिरहेका छन ।
रेमिट्यान्स बाहेकको देशमा भित्रने अार्थिक स्रोत मध्ये अर्को अधिकांश कलाकारका च्यारेटि सो विदेशमै हुन पर्ने, कलेजा, मुटु, मृगौला, अनाथ, अपांगलाई स्रोत जुटाउने माध्यम पनि विदेशमै भएका नेपालीहरुको माध्यम रोज्ने अनि राजधानी काठमाडौंका विभिन्न नाङ्गा चौरमा बसेर जिल्ला, क्षेत्र, अञ्चलका नाममा खोलिएका समाज र संगठनबाट हुने गरेका बार्षिक कार्यक्रम बनभोज वा भेटघाटसँग अोजनदार तौलमा राखेर साट्न खोज्ने हतियार बन्ने र बनाउने राष्ट्रवाद ?
साँचो अर्थमा राष्ट्रवादि त उनै हुन जो नेपाल र नेपाली नागरिकको पक्षमा जुनसुकै ठाउँमा रहेपनि कुनै न कुनै ढंगबाट योगदान गरिरहेका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend