साझा नेटवर्क
सन्तोष ढुंगाना, भक्तपूर माघ १२ ।
नगरकोटमा मंलबार नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेजले वाताबरण, सरसफाई धार्मिक क्षेत्र मठ, मन्दिर जिल्लामा सेनाको एक टुक्कडिले सफाई अभियान सूचारु गरेको छ । रहेका विभिन्न पर्यटक क्षेत्रहरु आय स्रोतका साधन भएकाले यस्ता स्रोतहरु जिर्णोदार बन्दै गएपछि सफाई अभियान सूचारु गरिएको हो ।
सूरक्षा निकायका अभिन्न अंग मानिएका संघ, संस्थाहरु नेपाली सेना, नेपाल प्रहरी, स्थानिय बासिन्दा, स्थानिय विद्यालयका शिक्षक, विद्यार्थी, नगरकोट पर्यटक तथा संरक्षण सम्र्वदन समिति, होटल व्यबसायी संघ आदिको सरसफाई अभियानमा उपस्थित थियो ।
‘हाम्रो पर्यटक क्षेत्र नगरकोट, राम्रो नगरकोट, स्वास्थ नै धन हो, संरक्षण नै हाम्रो अमूल्य सम्पति’ हो । लगाएतका विभिन्न नाराका साथ सरसफाई अभियान सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न स्थानमा छरीरहेका यत्रतत्र फोहोरहरु संकालन गरी निश्चित स्थानमा व्यबस्थापन गर्ने कार्य नेपाली सेनाले गरेको थियो ।
भक्तपूर जिल्लाको नगरकोट नगरपालीका ६/८ स्थितबाट नगरकोट टावर आसपासका क्षेत्रहरुमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । उक्त नगरकोट क्षेत्र पर्यटकीय क्षेत्र भएकाले पर्यटकीय पदयात्रा मार्ग फोहोर र दूरगन्धित बन्न थालेको कारण सरसफाई गरीएको नेपाली सेना श्री सैनिक वार कलेजका सेनानी राज कूमार थापा मगरले जानकारी दिए ।
“पदयात्रा मार्गलाई प्रदूषित बन्न नदिन, पर्यटक क्षेत्र सून्दर र सफा बनाउने, फोहोर संकलन गरी व्यबस्थापन गर्ने जस्ता कार्यहरु गर्दै आएका छौ र वाताबरणीय सन्तूलन राख्न वाताबरण सरसफाईको अति नै महत्व रहेको बताए । वाताबरण संरक्षण तथा पर्यटन प्रबधन टेवामा नेपाली सेनाले अझै अभियान निरन्तर गर्दै जाने उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend