साझा नेटवर्क
पाल्पा, माघ १२ ।
गाविस कार्यालय छेँउबाटै परिचयपत्रका लागि याचना शीर्षकमा अनलाइन र पत्रपत्रिकामा समाचार प्रकाशन भएको एक साता नबित्दै चिदीपानी गाविसको वडा नं. ९ का ५० वर्षीय बम बहादुर घर्तीले परिचय पत्र पाएका छन् । इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको पहलमा पाल्पाका प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले महिला बिकास अधिकृत तुल्सा अर्याललाई सम्पर्क गरि तत्काल परिचयपत्र उपलब्ध गराउन निर्देशन दिएका थिए ।
महिला तथा बालबालिका कार्यालयकी प्रमुख तुल्सा अर्यालले बम बहादुरको कटेरोमै पुगेर उनलाई रातो परिचयपत्र दिइन् । परिचयत्रप प्रदान गर्दै अधिकृत अर्यालले परिचय पत्र पाउनु पर्ने ब्यक्तिलाई यसरी घरमै आएर परिचयपत्र प्रदान गर्न पाउदा आफू पनि खुशी भएको बताइन् ।
प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले प्रतिक्रिया दिँदै यस्तो महत्वपूर्ण बिषय उठान गरेको भन्दै धन्यवाद दिए । उनले भने–यो निकै सराहनीय काम हो । गाविस सचिव मनिसा रोकाहाले अब बम बहादुरले मासिक २ हजार अपांग भत्ता पाउने बताइन् । उनले गाविसको तर्फबाट उनको सबै कागजपत्र तयार गरिसकेको र भत्ताको लागि जिविसमा पठाउने बताइन् ।
परिचयपत्र पाएपछि खुशीका आशु झार्दै बम बहादुर भने– “मैले न्याय पाए ।” प्यारलाइसिसका कारण २ वर्ष अघिदेखि देब्रे हर चल्न छोडेपछि उनलाई समुदायका मान्छेहरुले मिलेर बाटो छेउमा कटेरो बनाएर राखिदिएका छन् । अघिल्लो वर्ष गाविसले १ हजार रुपिया“ दिए पनि यो वर्ष कुनै राहत दिएको थिएन । उनकी श्रमति छैनन् भने २ छोरा काठ्माण्डौको अनाथालयमा बसेर पढ्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend