साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ ।
लामो सयमदेखी नेपाली संगीत क्षेत्रमा निरन्तर लागिरहेकी गायिका सावित्री गिरीले पछिल्लो समयमा आफ्नै शब्द संगीतमा आधुनिक गीति एल्बम “घामले पोल्यो” बजारमा लिएर आएकी छन ।
ज्योती गिरीको स्वर रहेको “घामले पोल्यो” बोलको उक्त आधुनिक गीतको म्युजिक भिडियो यूट्युव मार्फत सार्वजानिक गरिएको हो । गायीका ज्योती गिरी र अशोक कँडेलको मुख्य अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोले छोटो समयमानै हजारौ दर्शकहरुको मन जित्न सफल भएको छ ।
सुन्दर नगरी लेखनाथ नगरपालिकाका विभिन्न रमणिय स्थलहरु मालमुल फाँट, खुदी खोला घारी, रुपाताल, बेगनास तालमा कैद गरिएको गीतको म्युजिक भिडीयोको निर्देशन तथा छायाकंन मधुर बस्नेतको रहेको छ । उक्त गीतलाई गिरीको आफ्नै म्यूजीक कम्पनी स्काइ कल्चर क्रियशनले बजारमा ल्याएको हो ।
नेपाली लोक संगीत सम्वर्धन तथा प्रर्वधनमा सक्रिय गिरीले दर्जनौ लोक तथा दोहोरी गीत, तिजका गीतहरु बजारमा ल्याइसकेकी छिन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend