साझा नेटवर्क
काठमाडौं, माघ १०।
गायक तथा सर्जक ओम रोदनको आवाजमा रहेको नया गीत “तिमी बाहेक” सार्बजनिक भएको छ । गीतमा चर्चित गायिका अन्जु पन्तको पनि अवाज रहेको छ ।
ओम रोदन अनि अन्जु पन्तको अवाज रहेको यो गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको शब्द/संगीत रहेको छ । यसै गरि गीत संग संगै यसको म्युजिक भिडियो पनि निर्माण भएको छ ।
भिडियोमा हरि हुमागाईंको छायांकन, निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ । प्रेमी प्रेमिका बिचको गहिरो सम्बन्ध देखाउन खोजिएको उक्त भिडियोमा बेनिषा हमाल संगै ओम रोदनको ससक्त अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend