साझा नेटवर्क
चन्द्र ल्हेगे तमु, कतार ।
दोहाको मुन्तजा स्थित बुय्यान रेस्टुरेन्ट (नेपाली आंगन )को पार्टी हलमा २० जनवरी २०१७ को दिन का.ब. अध्यक्ष समालिरहनु भएका शिबराज क्रोम्छे तमुको अध्यक्षतामा सु-सम्पन्न गरिएको सपथ ग्रहण कार्यक्रम मार्फत अध्यक्ष पदमा तनहुँ जिल्ला भिमाद १ निवासी हाल लामो समय देखि दोहा कतारलाई आफ्नो कर्मभुमी बनाउदै आउनु भएका लिल कुमार टु क्ल्हेप्री तमु लाई संघको अध्यक्ष जस्तो गरिमामय पदको कार्यभारको निम्ति नियुक्त गरिएको छ ।
१३ जनवरी २०१७ शुक्रबार बसेको संघको नियमित मासिक बैठक तथा संघ द्वारा आयोजना सम्पन्न गरिएको तमु च्हय ल्होसार कार्यक्रम समीक्षा बैठक बाट आएको प्रस्ताबित निर्णय अनुसार प्रथम अधिबेशन बाट अध्यक्ष पदमा नियुक्त हुनु भएको ओम प्रकश ल्हेगें तमु को असामयिक दु:खद निधन पश्चात् बिगत तीन महिना देखि रिक्त हुँदै आएको अध्यक्ष पदमा अबस्यक्ताको महसुस तथा स्व.ओम प्रकाश ल्हेगेँ तमुका अपुरा सपनाहरु लाई पूरा गर्ने गराउने साथै केन्द्रिय बिधानको उद्धेस्यहरुमा सहयोग गर्ने गरि र स्वदेश तथा बिदेशमा स्थापित तमु प्ये ल्हु संघ साखाहरु तथा दोहा कतारमा स्थापित अन्य संघ सस्थाहरु संग सामाजिक , मानबिया सेवाकार्यहरुमा सहकार्य समन्वय रहने गरि पुनः रिक्त अध्यक्ष पदमा लिल कुमार टु क्ल्हेप्री तमु लाई मनोनित गरियो ।
संस्थागत आधिकारिक रुपमा संस्थपक अध्यक्ष तथा बर्तमन संरक्षक युद्ध जङ पह्च्यु तमु द्वारा मनोनित अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमु लाई सपथ ग्रहण कार्यक्रमबाट ,संस्थापक सम्पुर्ण सदस्यहरु ,मुल समितिका पदाधिकारी सदस्यहरु ,सल्लाहकारहरु र उपस्थित सम्पुर्णको सहमती हस्ताक्षर पत्र पढेर सार्बजानिक रुपमा सपथ ग्रहण गराई अध्यक्ष पदको कार्यभार पुर्णरुपमा सुम्पेको घोषणा गर्नु भयो ।
उपस्थित क्ल्हेप्री चिबा नवीन टु क्ल्हेप्री तमु ले स्वागत तथा शुभ आशिष् बाट फेटा (क्रेगी) लगाउनु भयो भने प्रमुख सल्लाहकार अमर ल्हेगें तमु बाट फुलको माला लगाई बधाई तथा कार्य सफलताको शुभकामना दिनु भएको थियो भने तीन महिना देखि का.ब.अध्यक्ष चलाउनु भएको प्रथम उपाध्यक्ष शिबराज क्रोम्छे तमु लाई क्ल्हेप्री चिबा गुरु नवीन तमु ले फेटाले सम्मान गर्नु भएको थियो । उक्त सपथ ग्रहण कार्यक्रममा सपथ लिन छुटेका सदस्यहरुमा संस्थापक सांस्कृतिक सह संयोजक हाल सांस्कृतिक संयोजक संग्राम पह्च्यु तमुले पनि संयुक्त रुपमा संरक्षक द्वारा सपथ ग्रहण लिएका थिए ।
बधाई तथा शुभकामना दिनेहरुमा क्रमशः संस्थापक निबर्तमन प्रमुख सल्लाहकार चन्द्र प्रकाश ल्हेगे तमु ,प्रमुख सल्लाहकार अमर ल्हेगे तमु ,चिबा गुरु नवीन टु क्ल्हेप्री तमु र संरक्षक युद्ध जङ पह्च्यु तमु हरुले राख्नु भएको थियो , बधाई तथा शुभकामना मन्तव्यको क्रममा सबै ले आ आफ्नो सुझात्मक धारणहरु राख्नु हुँदै ,बिगत र बर्तमनलाई समायोजन गरि अग्रसरतामा अघि बढ्न आपसी भाइचाराको सम्बन्धको अत्यन्तै महत्व हुने र नव अगन्तुक तमु प्ये ताँ ल्हु ताँ मा आस्थावन दोहामा छरिएर रहेका सम्पुर्ण तमु तमुस्योहरु लाई एक सुत्रीया मालामा समाबेश गर्नु पर्ने अहम् भुमिको अबस्यक्त रहेकोले ,यस कार्यमा सबैले आ आफ्नो तर्फ देखि सहयोग गरिदिन हुन अनुरोध समेत गर्नु हुँदै ,बधाई तथा कार्यसफल्ताको हार्दिक शुभकामना दिनु भएको थियो ।
पदग्रहणको जिम्मा पाउनु भएका अध्यक्ष लिल कुमार टु क्ल्हेप्रीले पनि मन्तव्यको क्रममा बिश्वास गरि एउटा जिम्मेवारी जस्तो गरिमामय पद अध्यक्षमा जिम्मा दिनु भएकोमा तमु प्ये ल्हु संघ कतार परिवारलाई हार्दिक धन्यवाद आभार प्रकट गर्नु हुँदै , संघले लिएको उद्धेश्य प्रती सधै शिरोपर गरि कति पनि बिचलित नभै आफ्नो अग्रसरतालाई निरान्तरता दिने वचन प्रतिबद्धताका साथ आफ्नो भाबी कार्ययोजनाका अबधारणहरु प्रस्तुत गर्नु भएको थियो भने यस कार्यहरुमा साथ र सहयोगको ठूलो अपेक्षा सहित अनुरोध गर्नु भयो ।
अन्तमा कार्यक्रमको अध्यक्षता गर्नु भएका का.ब. अध्यक्ष शिबराज क्रोम्छे तमुले खुलेर प्रशंसा गर्नु हुँदै अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमुको कार्यकाल सफल रहोस भनी बधाई तथा शुभकामना ब्यक्त गर्नु हुँदै संस्थाको माईनट बुक हस्तान्तरण गरि आफ्नो का.ब. अध्यक्षबाट अध्यक्ष ज्युलाई जिम्मा सुम्पेको घोषणा सगै कार्यक्रमको बिसर्जन गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend