साझा नेटवर्क
दिल बहादुर रानाभाट, कतार माघ ८ ।
“समाज परिवर्तनका लागि युवा अभियान” भन्ने मूल नाराका साथ् २०१६ मा स्थापना भएको सामाजिक संस्था एभरेष्ट युथ एशोसियसन कतारले पोखरा बृद्दाश्रमको सहयोगार्थ प्रथम वार्षिक उत्सव तथा बनभोज सहित विविध सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
नेपालका ख्यातिप्राप्त एवंम् बिभिन्न विधामा वार्ड चुमिसकेका गायक कमल खत्री नायिका बेनिशा हमाल तथा बन्दना पाण्डे साथै कतारका स्थानीय कलाकारहरु रित कुमार श्रेष्ठ, नरेन खड्का,नवराज श्रेष्ठ, दामोदर न्यौपाने,रबिन राईको साथमा एक दर्जन भन्दा धेरै कलाकारको धमकेदार प्रस्तुति रहने भएको एशोसियसनका अध्यक्ष उत्तम गुरुङले जनाएका छन् ।
यो एउटा एकता घरको संकेत गर्दै हामि एकजुट भएर काम गरेमा जस्तोसुकै परिस्थितिमा पनि पनि अघि बढ्न सक्ने बताए । संस्थाले नाम जस्तै काम पनि छोटो समयमा चेपांग बस्तीमा सहयोग, भूकम्प पिडितलाई सहयोग, धुर्मु सुन्तली एकीकृत नमुना बस्तिमा सहयोग लगायत बिभिन्न उदाहरणीय कामहरु गर्दै आएको छ ।
फेब्रुअरी ३, २०१७ शुक्रबारका दिन दोहाबाट करिव ६० किलोमिटर टाढा रहेको चिडिया घर संगैको पार्कमा बिहानको १० : ०० बजे संचालन हुने बताएका छन् ।निशुल्क यातायातको सुबिधाका लागि निम्न नम्बरहरुमा ५०१२९९००, ३३०११९७६, ५०७३०२०५, ५५६०७१९४, ७७०३६०९७ सम्पर्क गर्न अनुरोध गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend