logo
  • शनिबार, असोज १० २०८३

अर्घाखाँची महोत्सवमा हिन्दु जागरणका युवाद्धारा अवलोकनकर्तालाई स्वागत


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

घनश्याम पौडेल, अर्घाखाँची माघ ८ ।
हिन्दु जागरण युवा संघ नेपाल जिल्ला कार्य समिती अर्घाखाँचीले अर्घाखाँचीमा सञ्चालन भएको महोत्सवमा युवाहरुले शनिवार महोत्सवमा उपस्थित अवलोकनकर्ता हरुलाई गेटमै टिका, प्रसाद फुल सहित स्वागत गरेका छन ।
अर्घाखाचीमा भइरहेको १० दिने बिशाल मेलामा ब्लक नम्बर द्दछ प्रबेश गेटमा हिन्दु जागरणका युवाहरुले स्टल राखेर तपाईहरुको मनमा रहेको भ्रम निवारण होस् भनेर दिनरात खटेर पर्चा वितरण गर्दै जनचेतना जगाई रहेका छन् ।
अर्घाखाँचीको जिल्लाको सदरमुकाम सन्धिखर्कमा पुस २८ देखि माघ १० गतेसम्म कृषि पर्यटन सास्कृतिक एवम औद्योगिक व्यापार मेलामा स्टल अनुदान धार्मिक तथा सामाजिक ब्याक्तित्व नारायण प्रसाद खनाल लगायत अन्य स्थानिय सहयोगीहरु रहेका छन् ।
महोत्सवमा स्टलमा बसेर धार्मिक पुस्तकहरु विक्री, धर्मपरिवर्तन गर्नै हुदैन भन्ने पर्चाहरु वितरण पनी गरिएको छ । अध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिव बिष्णु मल्ल ठकुरी, कोषाध्यक्ष घनश्याम पौडेल, सदस्यहरु प्रतिभा श्रेष्ठ, शुशिला घिमिरे, श्रृजना पोखरेल, कमला पोखरेल, दिपक वस्याल, कृष्ण पाण्डे लगायतका युवाहरुको सक्रियतामा पर्चा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend