logo
  • शनिबार, साउन ३० २०८३

साँझपख प्रेमीसँग रोमान्स गर्दै नायिका केकी अधिकारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, माघ ७ ।
गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले पातै खायो किरैले’ सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठका शब्द शृजनामा राजनराज शिवाकोटीले संगीत भरेको गीत मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गायक परशुरामले बताए ।
राजन इशानले एरेन्ज गरेको गीतको म्युजिक भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको छ । भिडियोमा पुष्पल खड्का र केकी अधिकारीको अभिनय छ । म्युजिक भिडियोमा जमेका यी दुई जना कलाकारको जोडी निकै सुहाएकाले गीतले चर्चा पाउने विश्वास गायक पर्शुरामले लिएका छन् ।

निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको छाँयांकन त्रिभुवन पार्कमा गरिएको हो । गायक पर्शुरामले यो भन्दा अघि कृति एल्बम बजारमा ल्याएका थिए ।

त्यसपछि उनले काव्य बजारमा ल्याए । अहिले भने उनी सिंगल ट्रयाकका साथ संगीतप्रेमीका माझ आएका हुन् । भिडियोलाई भाइब्स क्रियसनले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend