logo
  • शुक्रबार, असोज ९ २०८३

जापानमा नेपाली युवालाई युथ लिडर अवार्ड


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगीता कुँवर, टोकियो माघ ६ ।
जापानमा “युथ लिडर अवार्ड”बाट नेपाली युवा जिज्ञान कुमार थापा सम्मानित हुने भएका छन् । सामाजिक काममा योगदान गरे वापत थापा ‘युथ लिडर अवार्ड’बाट सम्मानित हुने भएका हुन्।

‘डेप्लोपमेन्ट एसोसिएसन फर युथ लिडर्स’ले ७ वर्ष अघि देखि प्रदान गर्दै आएको युवा नेतृत्व पुरस्कार पहिलो पटक विदेशी नागरिकका रुपमा नेपाली युवा थापालाई प्रदान गर्न लागेको हो ।जापानलाई अन्तराष्ट्रियकरण गर्न तथा गैरसहकारी संस्था मार्फत सामाजिक कार्यमा अग्रसर भएकोले थापालाई वर्षको ‘युथ लिडर अवार्ड’दिने भएको हो ।

रोपोन्गी हिल्समा जापानका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा फेव्रुअरी २१ तारिखमा सम्मान गर्ने कार्यक्रम रहेको छ । थापा हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा सल्लाहाकारको रुपमा छन् । थापा नेपालको बारेमा जानकार विज्ञको रुपमा पनि कार्यरत छन् ।

जापानले आफूलाई वर्ष युवा घोषणा गर्ने जानकारी पाएपछि जिज्ञानकुमार थापाले सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गर्दै ‘फेरि एक पटक ढाका टोपी र नेपाली झण्डा फहरीने भएको छ । हजुरहरुको सहयोगको लागी धन्यवाद’ लेखेका छन् ।

यस वर्षको युवा नेतृत्व पुरस्कार थापा संगै ४ जना जापानीले पनि पाउँदै छन् । सन् २००० मा बिधार्थीका रुपमा जापान आएका थापा कानागावा प्रान्तमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend