logo
  • शनिबार, असोज १० २०८३

बहु क्षेत्रिय पोषण र स्थानीय सु-शासन सम्बन्धी तालिम तम्घासमा शुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी माघ ६।
बहु क्षेत्रिय पोषण र सामाजिक परिचालन तथा स्थानीय सु–शासन सम्बन्धि तीन दिने तालिम सदरमुकाम तम्घासमा शुरु भएको छ । सुआहारा दोस्रो चरण गुल्मीको आयोजनामा तीन चरणको कार्यक्रम अन्तरगत पहिलो चरणमा सामाजिक परिचालक र फिल्ड सुपरभाइजरका लागि तालिम संचालन गरिएको हो ।

तालिममा गाविसमा पुग्ने बजेट बिनियोजन गर्दा त्यो बजेट पोषणको क्षेत्रमा कसरी खर्च गर्ने, योजना तर्जुमा गोष्टिमा स्थानीय शासनलाई अबलम्बन गरी पोषण लक्षित कार्यक्रम प्रर्वद्धन कसरी गर्ने र सामाजिक परिचालनको माध्यमबाट पोषण प्रर्वद्धन अभियानमा स्थानीयलाई कसरी हातेमालो गर्न उत्पेरित गर्ने भन्ने बिषयमा छलफल हुने संयोजक ज्ञानदिप आचार्यले जानकारी दिनुभयो ।
तालिममा एक सय १५ जनाको सहभागीता रहेको छ । तालिममा जिल्ला जनस्वास्थ्य प्रमुख रामजी बानियाँ, स्थानीय शासन तालिम अधिकृत संजय अधिकृत, संयोजक आचार्य लगायले सहजीकरण गर्नुहुने आयोजकले जानकारी दिएको छ ।
जिल्ला खाद्य सुरक्षा निर्देशन समितिका सचिव तथा जिल्ला जनस्वास्थ्य प्रमुख रामजी बानियाँको अध्यक्षता रहेको तालिमको उद्घाटन सत्रमा प्रशिक्षक सञ्जय लम्सा, जिल्ला जनस्वास्थ्य कार्यालयका पोषण स्रोत व्यक्ति महेश श्रेष्ट, सुआहारा गुल्मीका कार्यकारी निर्देशक गणेश श्रीपाली, संयोजक ज्ञानदिप आचार्य लगायतको सहभागीता रहेको थियो । माघ ५ गतेबाट शुरु भएको तालिम माघ ७ गते सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend