logo
  • शनिबार, असोज १० २०८३

मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी तालिम शुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी माघ ६।
सुआहारा दोस्रो चरण गुल्मीको आयोजनामा ३ दिने तालिम सदरमुकाम तम्घासमा शुरु भएको छ । मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धि साझेदार संस्थाका कर्मचारीहरुलाई तालिम प्रदान गरिएको हो । माघ ५ गतेबाट जारी तालिम माघ ७ गते सकिने आयोजकले जनाएको छ । तालिममा पोषण तथा सामाजिक व्यावहार परिवर्तन संचार अधिकृत कपिल शर्मा र रोश्नाराज भण्डारीले सहजीकरण गरिरहनुभएको छ ।

मातृशिशु तथा बाल्यकालीन पोषण सम्बन्धी व्यावहार सुधारको लागि परामर्श बिधिद्धारा ज्ञान सीप र धाराणमा सकरात्मक परिवर्तन गर्न प्रोत्साहन गर्ने, मातृशिशु तथा बाल्यकालीन पोषण परामर्श सेवालाई थप प्रभावकारी बनाई महिला बालबालिका तथा घर परिवारको पोषण सम्बन्धी व्यावहारमा परिवर्तन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको सुआहारा गुल्मीको पोषण तथा सामाजिक व्यावहार परिवर्तन संचार अधिकृत रोश्नाराज भण्डारीले जानकारी दिनुभयो ।
तालिममा एकिकृत ग्रामिण विकास समाजका फिल्ड सुपरभाइजर १५ जना र दुई जना वास ट्रिगरको सहभागीता रहेको छ । तालिमको प्रमुख अतिथी जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामजी बानियाँले गर्नुभएको थियो । सुआहारा गुल्मीका संयोजक ज्ञानदिप आचार्यको अध्यक्षता रहेको कार्यक्रममा जनस्वास्थ्य कार्यालयका पोषण स्रोत व्यक्ति महेश श्रेष्ट, सुआहारा गुल्मीका कार्यकारी निर्देशक गणेश श्रीपाली लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend