साझा नेटवर्क
कमल सरगम, काठमाण्डौ ।
“कलेजिमै हान्यौ कान्छी नजरैको गोली, नरिसाई हासिदेउन दन्ते लहर खोलि ” जाउत हिड पुलिसथाना हुन्न मेरो तेरो…
यस्तै शब्द भावमा अनुबन्धित लाखौ दर्शक श्रोताको मन जित्न सफल बहुचर्चित सर्जक करण न्यौपानेको उत्कृष्ट लय तथा शब्द सृजनामा अर्को धमाकेदारे लोकदोहोरी गीत “पुलिसवाल-२” बजारमा आएको छ ।
“झिम्काइदेउ परेली, उही मुलाको सिन्की ,फुलकुमारी -दिलकुमारी, दिल मेरो चोरी लैगो पुलिसवालाले “जस्ता सफल गीत सृजना गरिसकेका करणको यो पछिल्लो पुलिसवाला गीतको भाग २ बजारमा ल्याएका हुन् । अरु भन्दा पृथक सैलिमा गीत सृजना र लय गर्ने न्यौपानेले प्राय गीतबाट दर्शकको मन जितेका छन ।
चर्चित गायिका माण्डबी त्रिपाठी र सन्दिप न्यौपानेको सुमधुर आवाज रहेको गीतमा एरेन्ज भने बिपिन आचार्यले गरेका हुन् भने म्यूजिक भिडियोमा अभिनय पछिल्लो पटक अत्यन्तै चर्चामा रहेको चलचित्र छक्का पन्जाको नायिका नम्रता सापकोटा, श्रीसन, दुर्गा, कृस, प्रकाश, गोबिन्द र श्रीजीको रहेको छ ।
सिवन पोख्रेलको निर्देशनमा तयार भएको गीतमा छायांकन भने अजय रेग्मीले गरेका हुन् ।गीतलाइ अम्बिका म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend