साझा नेटवर्क
क्षितिज किरण गैरे, दोहा ।
“कलाकारलाई सम्मान गरौ कला र सस्कृतिको जगेर्ना गरौ” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारले “बिविध सास्कृतिक धमाका २०१७तथा घोषणा सभा” कार्यक्रम कतारको दोहा स्थित अल भुईयान रेष्टुरेन्ट (नेपाली आगन)को सभाहलमा यहि मिति २०१७ जनवरी ६ तारीक शुक्रबारको दिन सम्पन्न भएको छ ।
कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य तथा कतार संयोजक बिबि खराल, प्रादेशिक सदस्य तथा कतार संगठन प्रमुख लाल भट्ट, प्रादेशिक सदस्य कतार सह संयोजक दुर्गा सुनार, प्रादेशिक सदस्य तथा अमेरिकाका सचिवालय सदस्य तथा आई बोस अन्तराष्ट्रिय कम्पनिका सिईओ होब खड्का, प्रादेशिक सदस्य तथा कतार प्रवक्ता धुर्व क्षेत्री लगायत बिभागिय संयोजकहरु राम सन्जेल देब परियार ,कृष्ण परियार ,शिसिर सुवेदी ,होम उप्रेति,दुर्गा भुषाल,नबिराज खान, रमेशसिंह खाति, बिजय सुन्दास् ,राम्जी सुवेदी पत्रकार दिल कुमार श्रेष्ठ को उपस्थिति त्यसै गरि नेपाली महिला समाज कतार, अन्तराष्ट्रिय कलाकार मन्च कतार,दलित एकता सन्जाल कतार,जनजाति महासंघ कतार,मगर संघ कतार, परियार मित्रता समाज ,बिश्वकर्मा सेवा समाज, बडाचौर संरक्षण समिति रोल्पा कतार, रोल्पा जलजला सेवा समाज कतार,मितेरी फिल्म प्रा ली ,लमजुङ सेवा समाज कतार, एन आर एन कतार, पत्रकार महासंघ कतार लगायत कतारमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधिका साथै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सन्चालन अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारका कलाकार सदस्य अनिल परियारले गर्नु भएको थियो । कार्यकम्रको शुरुवातमा कार्यक्रममा निमन्त्रण गरिएका अतिथिहरुलाई स्वागत अतिथि आसन ग्रहण लगत्तै सयौ थुंगा फुलका हामी एउटैमाला नेपाली भन्ने बोलको राष्ट्रिय गित गाय लगत्तै बिर सहिद हरु प्रति सम्झना समपर्ण मौन धारण,कार्यक्रम सभापति,प्रमुख अथिति तथा आमन्त्रित अतिथिहरुबाट ब्यानर अनावरण गरी कार्यक्रमलाई अगाडी बढाईएको थियो । कार्यक्रममा स्वागत मन्तब्य बोल्दै अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारका उपसंयोजक सन्जय बर्दैवाले अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारको निमन्त्रणलाई स्विकार गरी आउनुहुने सबैमा स्वागत गर्दै धन्यबाद ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारका कलाकार तथा मिठो स्वरका धनि आधुनिक गायक कृष्ण बिसी, गायक कृष्ण परियार,डान्सर अकल जिम्बा,नृत्यङगना भगवता बस्याल,लोक तथा दोहोरी गायिका बिनिता केसी,गायिका कमला गुरुङ हेमा,हास्यकलाकार युवराज खत्रि, तुलबहादुर परियार,सन्जय बर्दैवा ,होम बिसी ,जिबन बिसी,गित परियार,सारुख सुन्दास, अन्जना सुनार,सरोज बिसी,जिबन बिसी,ओम रसाईली कृष्ण बाबु छिन्त्याल, लगायत दुई दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो धमाका प्रस्तुती दिएर कार्यक्रम पुरै सगिंतमय बनेको थियो ।
सोही कार्यक्रमको अवसरमा करिब ११ बर्ष पहिले सगरमाथा र बुद्घको देश नेपाललाई चिनाउने अभिप्राय सहित १५३ देशमा पुग्ने लक्ष्य लिएर हाल कतारलाई १३५ औ राष्ट्रको रुपमा भर्मण गर्न आई पुग्नु भएका बिश्व साईकल यात्रि जनार्दन खनाल र एल बि कार्कीलाई कार्यक्रम सभापति र प्रमुख अतिथि बिबि खराल ज्यु को हातबाट आर्थिक सहयोग र सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्तिममा अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारका संयोजक एवम कार्यक्रमका सभापति क्षितिज किरण गैरेले समाजलाई परिवर्तन गर्ने एउटा सिधा माध्यम सास्कृतिक हो । सास्कृतिकको माध्यमबाट समाजमा हुने गरेका अन्धविश्वास कुरीति, बिकृति,अन्याय अत्याचारको बिरुद्द प्रत्यक्ष रुपमा आवाज उठाई समाज परिवर्तनमा महत्वपुर्ण भुमीका खेल्ने हुदा हामीले त्यस्ता समाज परिर्वनका सुत्रलाई संगीतको माध्यमबाट ढालेर समाज र राष्ट्रलाई सधै चेतना जगाउनु पर्ने आवस्यक रहेको भन्दै, आफ्नो निमन्त्रणा स्विकार गरेर पाल्नुहुने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु भएका कलाकार ,बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा उपस्थित सम्पुर्णमा हृदय देखी धन्यबाद आवार प्रकट गर्दै दिदै कार्यक्रम समापन गर्नु भयको थियो ।
साथै सो कार्यक्रमबाट अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारले क्षितिज किरण गैरेको संयोकत्वमा ३१ सदस्य कार्य समिति सर्ब सम्मत चयन गरेको छ । प्रमुख सल्लाहकार कृष्ण परियार, सल्लाहकार अक जिम्बा, संयोजक क्षितिज किरण गैरे, सह संयोजक सन्जय बर्दैवा, कोषाध्यक्ष मिमल ओली, सह कोषाध्यक्ष पुर्णिमा मगर, सचिव लंक दर्नाल, सह सचिब:-बिनिता केसी, अनुशासन ईन्दल यादब रहेका छन । त्यस्तै सदस्यहरुमा कृष्ण बाबु छिन्त्याल, जिबन बिसी, भगवता बस्याल, युवराज पाण्डे, होम बिसी, सृजना बस्याल, अर्जुन पासवान, रितु मगर, दिपेन्द्र सुनार, सारुख सुन्दास, तबिता गजमेर, तुल ब .परियार, गित परियार, महोम्मद ईसाम, राजिब सल्यानी, सन्दिप आचार्य, कैलास मगर, कृष्ण बिसी, अनिल परियार, सरोज बिसी,गृस एन्जेल कार्की, ओम रसाईली रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend