logo
  • शनिबार, साउन ३० २०८३

परराष्ट्रमन्त्री महत तीन दिने भारत भ्रमणमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

नयाँ दिल्ली, माघ ४ ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत तीन दिने भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ । भूराजनीति सम्बन्धि एक सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुग्नु भएका परराष्ट्रमन्त्री डा महतलाई भारतीय विदेश मन्त्रालयका संयुक्त सचिव सुधकर डलेलाले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
परराष्ट्रमन्त्री महतलाई नेपाली जनसम्पर्क समिति भारतका उत्तर भारत महासचिव रुद्रबहादुर मल्ल, केन्द्रीय सदस्य टेकबहादुर छेत्री र शाखा अध्यक्ष रतनबहादुर शाहीले फूलमाला लगाएर स्वागत गर्नु भएको थियो। भारतीय विदेश मन्त्रालय र भारत सरकार नजिक रहेको थिङटङक अब्जरभर रिसर्च फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको राइसना डाइलगमा भाग लिन डा महत सोमबार दिल्ली पुग्नु भएको हो।
सो सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा 60 भन्दा बढी देशका प्रतिनिधिहरुको सहभागिता रहने छ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा महतले भारतीय अर्थमन्त्री अरुण जेट्लीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी भारतीय विदेश राज्यमन्त्री एम जे अकबरले महतलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । अमेरिकाको एक कार्यक्रममा सहभागी भएर दिल्ली पुग्नु भएका परराष्ट्रमन्त्री डा महतका साथमा पत्नी बिना महत र विदेश मन्त्रालयका रामहरी थापा हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend