साझा नेटवर्क
तिलक मगर, बाग्लङ माघ ३ ।
“जुन मायाले भुलायो संसारै,त्यही मायाले दुखायो मन साह्रै!
छैन कुनै अरु तिम्लाई सम्झि रुदिन म नि जिउदो हुदिन, किन धेरै तडपाउछौ मार मलाई बरु”
सुन्दा मुटु नै चसक्क हुने यो अत्यन्तै मार्मिक मार्मिक गित नसुन्ने स्रोता सायद कमै छन होला । मार मलाई बरु एल्बम मार्फत २०७२ सालको आफनो पहिलो एल्बम मार्फत उदाएका चर्चित गायक तथा लोकप्रिय सर्जक गाणेश अधिकारीको गित हो । सरल स्वभाब र हेर्दा झिल्के देखिने गणेश अधिकारी पछिल्लो समय लोकदोहोरीमा निकै चम्केको नाम हो । गुल्मी जिल्लाको ईष्मा दर्रर्लामचौर गाबिस वडा नं ७ मा जन्मेर लोक सँगितको क्षेत्रमा पछिल्लो समयमा सबैको खोजाई सबैको रोजाईको एक नाम हो गणेश अधिकारी ।
आमा प्रेमकला अधिकारी बाबा मान बं अधिकारीको जेठो छोराको रुपमा जन्मेका हुन गायक तथा सर्जक गाणेश अधिकारी । आफनै पाखा आफनै ठाँउमा सानो छदा उकाली ओराली लेकबेशी गरीरहदा गित सँगितलाई सधै आफनो सारथी बनाएर गाउने र शब्दहरु सिर्जना गर्दथे । जुन माटोमा जन्मे हुर्कै र त्यही ठाँउको माटोले नै गित गाउन र सिर्जना गर्न सिकाएको बताएका छन् ।
छोटो समयमै सबैको मन मुटुमा बसिसकेका गायक तथा सर्जक अधिकारीले ए मायालु हासी हासी मर्छु, पाइन तिम्रो हुन, दिन्छु मुटु काटेर, तिज गिती एल्बममा झिल्के नाच, नाचम माया आउ जस्ता गित सिर्जना गरेको छन् । अधिकारीले दशैको गिति एल्बम प्रदेशीले पनि निकै चर्चाको शिखरमा पुगेको थियो । त्यसैगरी पछिल्लो समयमा अजम्बरी माया,नलाउ झुटो पिरति,स्वार्थि दुनिया, तिम्रो कसम जस्ता गितहरुले साङगितिक बजारमा एकछत्र राज गरिरहेका छन् । अधिकारीले सिर्जना गरेको पञ्चे बाजा बरमाला ,सिन्दुर पोते लगायत गितहरु रहेका छन् । गायक तथा सर्जक गाणेश अधिकारीले आज सम्म करिब ५० भन्दा धेरै गितहरु सिर्जना गरिसके का छन् ।
त्यस्तै पछिल्लो समय मा पिपल पाते ओठ ,नलाउ झुटो पिरति जस्ता गित गाएर र सिर्जना गरेर सबैको लोकप्रिय बनेका अधिकारी भन्छन मैले यो क्षेत्रमा धेरै गर्नु छ म अझै बच्चा छु धेरै माया पाए भने अबस्से हिड्न र दौडिन सक्छु । सामान्य परिवारमा जन्मेर पनि आफनो छुट्टै स्थान बनाउन सफल हुनुमा गायक तथा अधिकारीले आफुलाई धेरै साथीहरुको साथ र मायाले गर्दा म यहाँ सम्म आएको हु भन्छन् ।
बिशेष गरी उनलाई साथ दिने हरु सारथीहरु सबिर गोर्खाली,बिष्णु पछाई ,यमराज महत,दिनेश परियार,राम जि बोहोरा,रञ्जित कुवर,अनिस जि सि,अर्जन कुवर,रोशन परियार,मोहन बि क,बिष्णु घर्ति चन्द्रा पछाई,खिमेश अधिकारी,दिपक के सी, ग्यानेन्द् जि सी लगायतका साथीहरुले आफुलाई यो स्थान सम्म पुग्न हरदम साथ सहयोग गरेको अधिकारी बताउछन् ।
पछिल्लो समय मा चर्चित गित अजम्बरी मायाका गायक अबिरल बोहोरा लाई आफनो बेस्ट जोडी बताउदै अधिकारीले आफुलाई यहा सम्म माया दिनुहुने दर्शक तथा स्रोतालाई मेरा भगवान हुन भन्दछन् । सबै दर्शक तथा स्रोतालाई मन पर्ने सबैको मन बुझाउने गित सिर्जना गर्ने अधिकारीले फेरी निके आशा लाग्दो गितको म्युजिक हिजो आईतबार यु ट्रयुब मार्फत सार्बजनिक गरेका छन् ।
तिम्रो साथी जन्ति र बाजा भो
मेरो साथी रक्सी र गाजा भो
न समाज न तिम्रो लायक भए म
उनी सँग छुटेपछि,आफन्तले लुटेपछि
माया गर्ने दिल बाटै बाहेक भए म
गितको म्युजिक भिडियो सार्बजनिक भएको छोटो समयमै धेरै दर्शकहरुले हेरेका र राम्रो प्रतिकृया दिएका छन् । एउटा बियोगान्त कथामा आधारित फरक प्रकारको गितले सबैलाई कसैलाई धोका दिदैमा आफुलाई कुलतमा फसाउन हुदैन राम्रो काम गरेर धोका दिने मान्छेको अगाडी आफुलाई सफल तुल्याउन सक्नु नै जिन्दगी को बास्तबिक्ता हो भन्ने सन्देश यो गितले दिएको छ ।
यो गितमा सर्जक राम जि बोहोराको अत्यन्तै मार्मिक शब्द रहेको छ भने लय सिर्जना गणेश अधिकारीले गरेका छन् । गितमा चर्चित गायिका देबी घर्ति मगर र गणेश अधिकारीको रहेको छ । चर्चित मोडल महेन्द्र गौतम र आशा खड्का र अबिरल बोहोराको दम्दार अभिनय रहेको मार्मिक गितलाई मेशना डिजितल ले बजार ब्याबस्थापन गरेको छ । भने चर्चित निर्देषक कपिल लामाको यो म्युजिक भिडियोमा निर्देशन रहेको छ ।
यसै बिच सञ्चारकर्मी तिलक मगर सँग कै कुराकानी मा निकै ठट्याउली स्वभाब रहेका अधिकारीले हास्दै भने गिम मेरो लागि होईन हजुरहरुको लागि हो सन्देशको रुपमा ल्याईदिनुहोला । निकै ब्यस्त गणेश अधिकारी ले अझै २० वटा भन्दा धेरै गितहरु आउने तयारीमा रहेको पनि बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend