logo
  • शनिबार, भाद्र २० २०८३

भारतको राजधानी नयाँ दिल्लीमा दलित समाज गठन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

नयाँ दिल्ली, भारत माघ ३ ।
नयाँ शक्ति नेपाल पार्टी निकट (अन्तरास्ट्रिय नेपाली समाज-भारत) अन्तर्गतको संयुक्त दिल्ली राज्यमा गत आइतबार तिल्लक नगर दिल्लीमा बसेको राज्य समिति बैठकले “दिल्ली राज्य समिति दलित समाजको” गठन गरेको छ।
दिल्ली राज्य समिति संयोजक रमेश शर्माको अध्यक्षतामा बसेको सो बैठक बाट अशोक शार्कीको संयोजकत्वमा २३ सदसिय समितिको घोषणा गरिएको थियो ।
कार्यक्रममा अन्तरास्ट्रिय नेपाली समाजका संयोजक एवं नयाँ शक्ति नेपाल पार्टी केन्द्रिय सदस्य मोहन राउत, पार्टी केन्द्रिय सदस्य कृष्ण राज गैरे, नयाँ शक्ति निकट अन्तरास्ट्रिय दलित समाजका सह संयोजक प्रेम घताने र अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघ-भारतका केन्द्रिय संयोजक बादल बस्नेतको बिशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रेम घतानेले भने “अब हामीले दलितहरुको हक अधिकारका लागि हतियारको होइन विचारको संघर्ष गर्नु पर्छ र नेपालको समृद्धिको लागि अन्तरास्ट्रिय दलित समाजले जस्तो सुकै भूमिका पनि खेल्न तयार रहनु पर्छ।” त्यस्तै नव निर्वाचित संयोजक अशोक शार्कीले कार्यक्रममा बोल्दै भने “हामीले सबै भन्दा पहिले आफ्नो सोच बदल्नु पर्छ र हामी दलित हौँ भन्ने कुरा हाम्रो दिमाग बाट हटाइदिनु पर्छ, अनि मात्र हामी हाम्रो हक अधिकारको लागि अगाडी बढ्न सक्छौँ।”

कार्यक्रमको समापन गर्दै निकट भबिष्यमा नै कथित दलित र गैर दलित बीचको दुरी घटाउनको लागि निकट भबिस्यमा नै संयुक्त बनभोज कार्यक्रमको आयोजना गरिने र यस्ता किसिमका कार्यक्रमले समाजमा सकारात्मक संदेश जाने निचोड निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend